‘बसन्त’का दुई कृति एकसाथ

0
13

झापा ।

सहप्राध्यापक गोपाल पौडेल ‘बसन्त’का दुई कृति सार्वजनिक भएका छन् ।

‘हे देव तिमी’ नेपाली र ‘आउट अफ बक्स’ अंग्रेजी भाषाका कृति आध्यात्मिक चेतना र जीवन जगत् बुझाउने काव्य हुन् ।

त्रिभुवन विश्व विद्यालय अन्तर्गत धनकुटा क्याम्पसमा लामो समयसम्म अंग्रेजी भाषा र साहित्यको प्राध्यापन गर्नु भएका ‘बसन्त’को ‘हे देव तिमी’मा नौ वटा लामा कविता रहेका छन् । पूर्वीय जीवन पद्धतिका उनका कवितामा ज्ञान र विज्ञान मध्ये ज्ञानको सत्ता नै सर्वोपरी हुने सत्य स्थापना गरिएको छ ।

त्यसभन्दा भिन्न अंग्रेजीको ‘आउट अफ बक्स’ चाहिँ दुई सय २८ वटा छोटा कविताहरुको संग्रह हो । अनुभूति, अध्यात्म, जीवन दर्शन, प्रकृति लगायतका विविध विषय समेटिएका छोटा कविता साँच्चिकै कलात्मक पनि रहेका छन् ।

‘बसन्त’का यसअघि तीन वटा कविता संग्रह प्रकाशन भइसकेका छन् । ती मध्ये अङ्ग्रेजीको ‘मन’ र ‘मन र प्राण’ संयुक्त राज्य अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीको दक्षिण एसिया अध्ययनमा पाठ्य सामग्रीका रुपमा रहेका छन् ।

‘आउट अफ बक्स’ पनि सन्दर्भ सामग्रीका रुपमा राखिएको त्यहाँका प्राध्यापक डा. मारोहाङ याक्थुङले भूमिकामा लेखेका छन् । दुबै पुस्तक सेर्गेम प्रकाशन गृह दमकले प्रकाशन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here