पथरीमा दुग्धजन्य पदार्थको मूल्य घढ्यो

0
10

पथरी शनिश्चरे ,

मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा संचालित डेरीहरुमा दुग्धजन्य पदार्थहरूको मुल्य घटेको छ ।

आज असोज १६ गतेदेखि लागु हुने भएको दुग्धजन्य पदार्थहरूको मूल्य घटेको हो । आजदेखि लागू भएको मूल्यसूची अनुसार दु:धको बिक्री मुल्य प्रतिलिटर ८० रुपैयाँ रहेको छ । यस अघि प्रति लिटर ९० रुपैयाँमा बिक्री भइरहेको थियो।

यसैगरी, दु:ध ,मही र दहीमा १० रूपैयाँको दरले घटेको छ ।मही ६० रूपैयाँ बाट घटेर ५० रूपैयाँ भएको छ भने १२० रुपैयाँमा बिक्री भइरहेको दहीको मुल्य अब ११० रुपैयाँ भएको छ । प्रतिकेजी ९ सय रुपैयाँमा बिक्री भैरहेको पनिरको बिक्री मुल्य ८सय रुपैयाँ कायम भएको छ । यसैगरी, नौनी घिउको मुल्य ९५० रहेको बिहानी दुग्ध तथा कृषि सहकारी संस्थाका व्यवस्थापक नेत्र बरालले जानकारी दिनुभयो ।

दु:धको मुल्य घटनुमा चिसो मौसम सुरू भएको र ठुला ब्यापारीले साना ब्यापारीलाई भुक्तानी गर्न नसकेको कारण स्थानिय दु:ध डेरी संचालकहरु बताउँछन । दु:धको मुल्य घटेको कारण उपभोक्तालाई राहत भए पनि दुग्ध उत्पादक किसानहरूलाई भने मर्का परेको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here