शनिश्चरे बहुमुखी क्याम्पसको स्थापना दिवसमा विविध कार्यक्रम

0
10

अर्जुनधारा ।

झापाको अर्जुनधारा–७ स्थित शनिश्चरे बहुमुखी क्याम्पसको १७औं स्थापना दिवस मंगलबार विविध कार्यक्रम गरि सम्पन्न भएको छ ।

क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष हेमप्रसाद खरेलको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि संविधान सभा सदस्य प्रेमबहादुर गिरीले उद्घाटन गरेका थिए ।

त्यसैगरी कार्यक्रममा क्याम्पसको विभिन्न गतिविधि प्रकाशित गरिएको वार्षिक मुखपत्र ‘शनिप्रभा’को विमोचन गरिएको थियो । त्यस्तै कार्यक्रममा संस्थापक क्याम्पस सञ्चालक समितिका पदाधिकारी तथा सदस्य १६ जना, संस्थापक प्राध्यापक पाँच जना, संस्थापक स्नातक उपाधि प्राप्त गर्ने विद्यार्थी ५० जना र अक्षयकोषदाता १४ जनालाई सम्मानित गरिएको थियो ।

यसरी सम्मानित हुने संस्थापक प्राध्यापकहरुतर्फ कमलकान्त पौडेल, तिलचन ढुंगेल, नविन ओली, नारायणप्रसाद पौडेल र सुरेन्द्र दाहाल तथा संस्थापक विद्यार्थीहरुतर्फ दमन्ता गड्तौला, बबिता गौतम, मञ्जुकुमारी दाहाल, रुद्रप्रसाद खतिवडालगायत रहेका छन् ।

सोही कार्यक्रममा संकायतर्फ उत्कृष्ट अंक प्राप्त गरि उत्र्तीण हुन सफल विद्यार्थीहरु व्यवस्थापन पहिलो वर्षका सुलभ तिम्सिना(५७.४०%), शिक्षाशास्त्र पहिलो वर्षकी मन्जिला बस्याल(५४%), व्यवस्थापन दोस्रो वर्षका समीर भट्टराई(५३.४०%), शिक्षाशास्त्र दोस्रो वर्षकी खेमकुमारी थापा(४८.८३%), व्यवस्थापन तेस्रो वर्षका मनिष आचार्य(५९.६०%) र शिक्षाशास्त्र चौथो वर्षका हेमराज रिमाल (५९.६०%) लाई जनही नगद पुरस्कार चार हजारसहित प्रमाण पत्रबाट पुरस्कृत गरिएको थियो ।

विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको कार्यक्रममा सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख फडिन्द्र खत्री, वडाध्यक्ष गोविन्दप्रसाद खतिवडालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

क्याम्पस प्रमुख मोहनप्रसाद ओलीले कार्यक्रमको औचित्यसहित क्याम्पसको वर्तमान गतिविधि बारे जानकारी गराएको उक्त कार्यक्रममा स्वागत समितिका सदस्य लवकुश गिरीले र कार्यक्रमको सञ्चालन प्राध्यापक सुरेन्द्र दाहालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here