कर्मयोग भवनको जग्गा खरिदका लागि सहयोग आह्वान, बस्नेतले दिए अढाई लाख

0
9

बिर्तामोड ।

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ मेघाबारी टोलमा निर्माण हुने कर्मयोग भवनका लागि बिर्तामोड ३ निवासी समाजसेवी नन्दकुमार बस्नेतले दुई लाख ५० हजार रुपैँया सहयोग प्रदान गरेका छन् ।

बस्नेतले स्वर्गीय श्रीमती कृष्णमाया बस्नेतको स्मृतिमा कर्मयोग भवनलाई १ धुर जमिन खरिद गर्न उक्त रकम सहयोग गरेका हुन् । कृष्णमायाको ६ महिना अघि क्यानाडामा रहेका छोराबुहारी भेट्न जाने क्रममा क्यानाडाको एयरपोर्टमा मृत्यु भएको थियो ।

बस्नेतले मानिसले मरेर जाँदा केहि नलाने तर कृति आजीवन रहने भएकाले कर्मयोग भवनका लागि सहयोग गरेको बताए । आफ्नै ठाउँमा पुण्य कर्म गर्न पाउँदा खुशी लागेको उनको भनाई छ ।

बस्नेतलाई कर्मयोग भवन निर्माणको अगुवाई गरिरहेको श्री सिद्धिविनायक भजन किर्तन मण्डलीले सम्मान गरेको छ । बुधबार विहान श्री सिद्धिविनायक मन्दिर परिसरमा प्रसंशा पत्र र खदाले बस्नेतलाई सम्मान गरिएको थियो । किर्तन मण्डलीकी अध्यक्ष गीता पोखरेल, संयोजक शिवाकोटी र स्थानीयबासीले बस्नेतलाई सम्मान गरेका थिए ।

गत फागुनमा लगाइएको पुराणबाट संकलित रकमबाट १३ धुर जग्गा बहुउद्धेश्यीय सामुदायिक भवनका लागि खरिद गरिएको र बाँकि रकमबाट कर्मयोग भवन निर्माणका लागि सवा १६ धुर जमिन बैना गरिएको शिवाकोटीले बताइन् ।

शिवाकोटीका अनुसार उक्त जग्गा पास गर्न करिब ३० लाख रुपैँया रकम अपुग छ । भवनको भौतिक संरचना निर्माणका लागि तीनै तहका सरकारबाट सहयोग हुने भएपनि जग्गा खरीद दाताहरुकै सहयोगमा गर्नु पर्ने भएकाले जग्गा खरिदका लागि सहयोग गरिदिन दाताहरुलाई संयोजक शिवाकोटीले आग्रह गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here