सिम्रिक साकोसले सदस्य र समुदायका लागि एक करोड ६३ लाख खर्च ग¥यो

0
16

बिर्तामोड ।

झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले १३औं वार्षिक साधारणसभा अन्तर्गत मूल माइन्यूट प्रमाणितसभा शनिवार बिर्तामोडमा सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख तथा कार्यक्रमकी प्रमुख अतिथि पवित्रा महतरा प्रसाईले उद्घाटन गरेकी थिइन् ।

स्वागत संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले गरेको कार्यक्रममा प्रमुख अतिथि प्रसाई, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी र झापा जिल्ला सहकारी संघका सञ्चालक सदस्य केशव बस्नेतले शुभकामना मन्तव्य राखेका थिए ।

झापामा २७, इलाममा १२, मोरङमा १० र पाँचथरमा एउटा सेवा केन्द्र गरी ५० वटा सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको संस्थाले गत असोज ७ गतेदेखि साकोसका सेवा केन्द्रमा इकाईगत साधारणसभा शुरु गरेको हो ।

आर्थिकबर्ष २०७९÷०८० असार मसान्तसम्ममा ५९ हजार २६३ शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी ३१ करोड ७६ लाख ५८ हजार छ सय रुपैयाँ रहेको अध्यक्ष भट्टराईद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । संस्थाले यस बर्ष ५ करोड ७९ लाख २८ हजार ३३४ रुपैयाँ नाफा गरेको जनाइएको छ । २०६७ साल चैत्र ३ गते स्थापना भएको संस्थाले स्थापनाको छोटो अवधिमा उल्लेख्य प्रगति गरेको छ ।

अध्यक्ष भट्टराईले आर्थिक मन्दीले तरलता संकुचन भएको कारण लक्षित उपलब्धी हासिल गर्न नसकिए पनि संस्थाले आफ्ना सबै सेयर सदस्यहरुलाई ६.८३ प्रतिशत शेयर बोनस वितरण गर्ने तथा सक्रिय कारोबारी सदस्यहरुलाई ९२ लाख ११ हजार ७ सय २१ रुपैयाँ १५ पैसा संरक्षित पुँजी फिर्ता गर्ने प्रस्ताव प्रतिवेदन मार्फत जानकारी दिएका छन् ।

संस्थाले वितेको एक वर्षमा मात्रै सामाजिक उत्तरदायित्व अन्तर्गत सदस्य र समुदायको लागि १ करोड ६३ लाख २६ हजार ३ सय ७५ रुपैयाँ खर्च गरेको अध्यक्ष भट्टराईले बताएका छन् । संस्थाका कार्यकारी प्रमुख बस्नेतले सदस्य तथा तीनका परिवारलाई जन्मदेखि मृत्युसम्ममा हरेक कार्यमा सिम्रिक साकोसले सहयोग गर्दै आएको जानकारी दिएका छन् ।

पत्रकार लक्ष्मी उप्रेती र युवराज विवश (पौडेल) लाई जनही १० हजार रुपैयाँसहित सम्मान गरिएको छ भने संस्थाको झापा सेवा केन्द्र अन्तर्गत अञ्जु प्रधान, इलाम जिल्ला सेवाकेन्द्र अन्तरगत तीर्थराज सुवेदी र मोरङ जिल्ला सेवाकेन्द्र अन्तरगत मोहन घिमिरेलाई जनही नगद २० हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

त्यस्तै उत्कृष्ट बचतकर्ताका रुपमा शनिश्चरे सेवा अन्तर्गतका मित्र घिमिरेलाई नगद ५ हजार र स्वेच्छिक अवकाश सम्मान अन्तर्गत दुर्गा पौडेललाई नगद २ लाख २५ हजार रुपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको छ । कार्यक्रमको सञ्चालन जोखिम विभाग प्रमुख प्रेम बस्नेत (विजय) ले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here