सानिमा बैंकको छात्रवृत्ति सापकोटा र श्रेष्ठलाई

0
15

बिर्तामोड ।

सानिमा बैंकको छात्रवृत्ति योजना अनुसार बिर्तामोड शाखाले यहाँ अध्ययनरत् दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ ।

यस वर्ष कक्षा ११मा अध्ययन गर्ने बिर्तामोड–२स्थित साङ्वेद संस्कृत माविका अर्जुन सापकोटा र जनता मावि अर्जुनधारामा अध्ययनरत् छात्र राजकुमार श्रेष्ठ सो छात्रवृत्तिका लागि छनौट भएका हुन् ।

बैंकले बिगत नौ वर्षदेखि काठमाडौं उपत्यका बाहिर रहेका आफ्ना शाखाहरुमार्फत आफ्नो कार्य क्षेत्रभित्रका दुई जना विद्यार्थीको छनौट गरी छात्रवृत्ति प्रदान गर्दै आएको छ । सानिमा बैंक बिर्तामोड शाखाका प्रबन्धक माधव वाग्लेका अनुसार गरीब, जेहेन्दार विद्यार्थीको छनौट गरी उच्च शिक्षा हासिल गर्न प्रतिविद्यार्थी पचास हजार छात्रबृत्ति प्रदान गरिने छ ।

छात्रवृत्ति योजनामा सहभागी हुन चाहने विद्यार्थीको आवेदन र अवस्थाको अध्ययन गरी छात्रवृत्तिका लागि छनौट गर्न स्थानीय व्यक्ति सम्मिलित सिफारिस समितिले यस वर्षका लागि दुई विद्यार्थी छनौट गरेको बैंकले जनाएको छ । सोमबार बसेको सिफारिस समितिको बैठकले प्राप्त आवेदन र आवेदकको अध्ययन तथा अन्तरवार्ताका आधारमा छात्रवृत्ति पाउने विद्यार्थीको नाम सिफारिस गरेको थियो ।

सोही छात्रवृत्ति योजना अन्तर्गत गत वर्ष कक्षा ११मा अध्ययन गर्ने जेनिसा सुवेदी र बिनोद सार्कीलाई छनौट गरेको बैंकका शेखर ढकालले जानकारी दिए । सिफारिस समितिमा बिर्तामोड नगरपालिका वडा नं. ५का वडाध्यक्ष रोहित प्रसाई, शिक्षासेवी दामोदर न्यौपाने, सञ्चारकर्मी लक्ष्मण ढकाल, व्यवसायी तथा समाजसेवी प्रमिश गिरी, सुरेन्द्र कटुवाल र प्रबन्धक माधवप्रसाद वाग्ले रहेका थिए ।

छात्रवृत्ति योजनामा छनौट भएका विद्यार्थीले कक्षा ११को परीक्षा उत्तीर्ण नगरेको अवस्थामा छात्रवृत्ति नपाउने बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here