ब्राउनसुगरसहित चार जना पक्राउ

0
11

झापा।

झापाको छुट्टाछुट्टा स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको बिर्तामोड नगरपालिका–३ मा लागूऔषधको कारोबार भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–९ का ३० बर्षीय मोहन टुडु, ३७ बर्षीय सोम मर्डी र ३२ बर्षीय अंकित भन्ने डिल्लीबहादुर खड्कालाई ब्राउनसुगर ९८ ग्राम २ सय ४० मिलिग्राम सहित पक्राउ गरेको हो ।

त्यस्तै गौरीगञ्ज गाउँपालिका–२ मा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०१–०१५ प ६७४६ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्दा चालक दमक–५ का २५ बर्षीय प्रकाश निरौलाको साथबाट ४ ग्राम ८ सय ३० मिलिग्राम ब्राउनसुगर फेला पारी स्कुटर सहित नियन्त्रणमा लिएको हो ।

लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थपअनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here