लुटपाटमा संलग्न दुई जना नक्कली प्रहरी पक्राउ

0
11

मोरङ ।

जिल्ला प्रहरी कार्यालय मोरङले लुटपाटमा संग्लग्न रहेका दुई जनालाई पक्राउ गरेको छ ।

असोज २२ गते बिराटनगर– १२ का रविकुमार साह सुडीलाई बिराटनगर–११ मा रोकेर हामी प्रहरी हौं भन्दै नियन्त्रण लिई लुटपाट गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बिराटनगर–१ का ३८ बर्षीय दिपक तामाङ र बिराटनगर–४ का सुनिल थापा रहेका छन् । पक्राउ परेका दुबै जनाले सुडीलाई घर नजिकैबाट पिछा गरेको र बिराटनगरको रोडशेष चोकमा पुगेपछि मोटरसाईकल रोक्न लगाई हामी प्रहरी हौं भन्दै बिराटनगरको हनुमान मन्दिर छेउमा लगेर लुटपाट गरेको खुल्न आएको छ ।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले नगद ८ लाख ६५ हजार, रोयल ईन्फिल्ड मोटरसाईकल, चेकबुक, एटिएम बुक समेत बराद गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here