कोशीमा कांग्रेस सांसदहरूबीच विभाजन : सभापति देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक

२६ आश्विन २०८०, शुक्रबार मा प्रकाशित

झापा । कोशी प्रदेशको मुख्यमन्त्री चयन गर्ने विषयमा कोशीकै सांसदहरूबीच विभाजन देखिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार दिउँसो सभापति देउवाको निवास धुम्बाराहीमा पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाइएको जानकारी दिए । कोशी प्रदेशमा संविधानको धारा १६८ उपधारा ५ बमोजिमको सरकार गठन गर्न मुख्यमन्त्रीमा दाबी गर्ने समय शुक्रबार साँझ ५ बजे सकिँदैछ ।

देउवाले कांग्रेससहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपासहितको गठबन्धनबाट इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेका थिए । तर प्रदेशसभामा रहेका कांग्रेसका सांसदहरुले भने देउवाको त्यो निर्णय स्वीकार गरेका छैनन् ।

कांग्रेसकै सांसद केदार कार्कीले मुख्यमन्त्रीमा दाबी गरेका छन् भने उनलाई नेकपा एमालेका ४० र कांग्रेसकै ८ जना सांसदको समर्थन छ । त्यस्तै, गठबन्धन दलहरुले भने संसदीय दलका नेताहरुले हस्क्षातार गरेर नेकपा माओवादी केन्द्रका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरिसकेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here