सम्पन्नताका कथाभित्र जेलिएको पश्चातापको खेल

२६ फाल्गुन २०८०, शनिबार मा प्रकाशित

रातको समय थियो । फोनको आवाजले मेरो एकाग्रता टुटयो । रिसिवर उठाए । हेलो…। उताबाट आवाज आयो । ‘हेलो ! म राजु । दर्शन ! काका । अभिवादनलाई स्वीकार गरे । अनि के छ, राजु ? भने । ठीकै छ भन्दै जवाफ फर्काए । हो ‘ठीकै छ’ फेरि उत्तर आयो । विशेष केही छ कि ? मैले पुनः सोधेँ । ‘खै के भनौं । ऊ त आज राति नै बितेछ नि ।’ राजुले भन्यो । हँ… को ? ‘उही के त’ । अनि के भएर ? बिरामी थियो ? ‘होइन होइन’ अनि ! ‘ऊ क्या त । गलबन्दीको पासो लगाएर ।’ ओहो… फसाद । अनि पुलिसकोमा खबर भयो ? ‘भयो लाशको मुचुल्का भइरहेछ ।’ प्रकृति हेर्दा कस्तो छ ? हत्या वा आत्महत्या ? ‘होइन, आत्महत्या नै हो । ढोकामा चुकुल पनि लगाएको छ । चिठी पनि छाडेको रहेछ । ल ! ल… म भोलि बिहान आइपुग्छु । त्यसपछि अन्त्येष्टी लगायत अन्य व्यवस्था मिलाउला । रिसिवर राखि दिएँ ।

मैले उसको विगत नियाल्न थालेँ । यति थोरै समयमा त्यति धेरै उन्नतिको शिखरमा उसले आफूलाई कसरी पु¥यायो ? ऊ त्यो ठाउँमा कसरी पुग्यो ? कसरी चुम्यो त्यो ठाउँ उसले ? जहाँ उसका विपन्नताका घाउ आलै थिए । सम्पन्नताभित्र परकाष्टासहित ऊ कसरी स्थापित हुन पुग्यो । थोर–बहुत अनुभव त, मसँग पनि थियो । तर, त्यति आंकलनले पुग्दैन थियो, उसको त्यो सम्पन्नताको उचाइ नाप्न । दुई बर्षदेखि उसको र मेरोबीचमा भेटघाट छैन । सम्पर्क पनि छैन । आजभोलि त ऊ पूर्णरुपमा सम्पर्कविहीन बन्न पुगेको छ । मैले सुनिराखेको छु । उसका दैनिक क्रियाकलाप व्यवहारहरु परिवर्तन भइरहेका छन् अरे । मलाई स्पष्ट थाह छ ।

उसलाई दुई वर्षमा नै दैवले आमाविहीन बनायो । चार बर्षभित्रमा बाबुविहीन बनायो । ऊ असहाय बन्न पुग्यो । उसको परिवारमा काका बाबु अरु कोही थिएनन् । उसको रगतको नातामा मावली तर्फका परिवार मात्र थिए । मावलीको पनि दुःख नै थियो । उसको भविष्य निर्माण गर्ने दायित्व मावलीमा थियो । उपायविहीन मावलीबाट उसको भविष्य अनिश्चित थियो । मैले सम्झे । उसको बाबु मेरो छिमेकी मात्र होइन दौंतरी पनि थियो । दौतरीको नाता कायम गर्न मनलाग्यो । दौतरीको छोरा मेरो पनि छोरा नै हो । सोचे, केही सहयोग त गर्नै प¥यो । उसको मावलीकोमा गए । उसको भविष्य निर्माणको खातिर पढाइ दिने कुरालाई लिएर । आफ्ना विचार राखे । ‘पढाइ नै दिने हो भने त ठीकै छ । हामीसँग क्षमता पनि छैन ।’ स्वीकृति मिल्यो मावलीबाट । लिएर आए आफ्नै छोरा सम्झिएर ।

उसलाई विद्यालय प्रवेश गराउँदा ऊ नौ बर्षको भइसकेको थियो । आफ्नो समूहमा उमेर नमिलेका साथीसंगी नै भए तापनि उसले आफ्नो अध्ययन कार्यलाई सहज ढंगले अगाडि बढायो । ‘हुने बिरुवाको चिल्लो पात’ भने जस्तै देखियो । ऊ एउटा मेघावी विद्यार्थीका रुपमा आफूलाई प्रस्तुत गराउन सफल भयो । दिनप्रतिदिन प्रगति र उन्नति गर्दै गयो । उसको प्रगति देखेर हामी पनि सन्तुष्टी प्राप्त गर्न थाल्यांै । उसकै प्रगति र खुशीयालीमा रमाउन थाल्यौं । समयको गतिशिलता सँगै उसले माध्यमिक स्तरको शिक्षा गाउँबाट नै पुरा ग¥यो । एसएलसीमा पनि राम्रै स्थान प्राप्त गर्न सफल भयो । उसको प्रतिभा र तीक्ष्णताको कारणले गर्दा हामी पनि सोच्न बाध्य भयौं । भावी अध्यापन कहाँ गराउने भनेर ? हामी माथि एउटा समस्या थपिन पुग्यो । उसको क्षमता अनुसारको प्राविधिकमूलक शिक्षा दिनु हाम्रो बाध्यता थियो । म आफै पनि दोधारमा परे । ‘तँ चिता म पु¥याउँछु’ भने झै एक छिमेकी मित्र हरिशंकरबाट आफू पनि उसको लागि सहयोग गर्न तत्पर रहेको प्रस्ताव म सामु आयो । इञ्जिनियरीङ्ग क्याम्पस काठमाडौंमा पढाउने सल्लाह गरी सोही अनुरुपको व्यवस्था पनि भयो । पहिलो वर्षमा नै ऊ बाट एसएलसीमा भन्दा अझ राम्रो नतिजा देखाएर हामीमाझ अझ विश्वसनीय वातावरण तयार ग¥यो ।

हामी सबैले जे चिताएका थियौं त्यही भयो । उसको प्रगतिले हामी अझ उत्साहित बन्यौ । दास्रो वर्षको शैक्षिक सत्रको शुरुवात सँगसँगै जनआन्दोलन शुरुवात भयो । सो आन्दोलनले उसलाई पनि प्रभाव पा¥यो । उसका गतिविधि आन्दोलनतर्फ बढी मोडिन थाले । मेघावी विद्यार्थी । नेतृत्व लिन सक्ने क्षमता उसमा थियो । आदि कारणले ऊ राजनीतिक मञ्चको परिदृष्यमा अग्रपङ्गतिमा देखापर्न थाल्यो । कहिले भूमिगत, कहिले जेलनेल हुन थाल्यो । जनआन्दोलन सफल भयो । बहुदलीय व्यवस्था घोषण भयो । बहुदलीय व्यवस्थामा एउटा सक्षम कार्यकर्ता र नेतृत्वका रुपमा उसले आफूलाई प्रस्तुत गरेर नेताको मन जित्न पनि सफल भयो । अन्तरिम सरकार बन्यो, आमनिर्वाचन भयो । उसले समर्थन गरेको राजनीतिक दल सत्ता समाल्न पुग्यो । सरकारी सुविधाका क्षेत्रहरु पहिचान ग¥यो । पहिचान गरेका क्षेत्रबाट ऊ प्रेरित हुन थाल्यो । रुपैयाँ पैसाको कारोवारका कारणले उसमा उतार–चढाव आउन थाल्यो । उसको साथीसंगी तथा आनीबानी र दैनिक व्यवहारमा परिवर्तन आउन थाल्यो । ऊ दिन प्रतिदिन महत्वाकांक्षी बन्न थाल्यो । ऐस –आराममा जीवन बिताउन थाल्यो । कुन १ नम्बरी, कुन २ नम्बरी, कुन सक्कली, कुन नक्कली ।

यी सबका बीचमा भएका अन्तर पनि छुटयाउन छाड्यो । पैसा ! पेैसा ! जसरी भए पनि पैसा कमाउ । पैसा नै सबथोक हो भन्ने सिद्धान्तमा आफूलाई समाहित गर्न थाल्यो । भूगोल बिस्र्यो । इतिहास बिस्र्यो । राजनीतिशास्त्र बिस्र्यो । समाज बिस्र्यो । हामीलाई पनि बिस्र्यो । आफ्ना गुरु, साथीसंगी सबैलाई बिस्र्यो । आफनो अध्ययन अध्यापनको मुख्य लक्ष्यलाई पनि बिस्र्यो । नयाँ मौलिकपनको विकास ग¥यो । नयाँ संस्कारमा प्रवेश गर्न पुग्यो । जाँड–रक्सी खानु, लागूपदार्थ सेवन गर्नु, मोजमस्तीमा दिन बित्नु बिताउनु उसको दिनच¥र्या बन्यो । एक्कासी, उसको हैसियतमा परिवर्तन आएको थियो । बानी–व्यवहारमा पनि परिवर्तन आएको थियो । शुरु–शुरुमा यो परिवर्तनलाई देखेर हामी पनि मख्ख प¥यौं । सामान्य मार्ग निर्देशकको भूमिका खेल्न हामीले पनि सकेनौं । मौका पनि पाएनौं । जमर्को पनि गरेनौं । हामी पनि चुक्यौं । ऊ पनि चुक्यो । सारा गाउँघर छरछिमेकी सबै चुके । अब हामीले पश्चाताप गर्नु सिवाय केही थिएन । वास्तवमै पश्चाताप मात्र ग¥यौं ।

म कसरी अनुमान वा विश्वास गरु कि उसले आत्महत्या ग¥यो भनेर । म भित्र एक प्रकारको हलचल पैदा भयो । मलाई पुनः अन्तिम पटक ऊ माथिको कर्तव्यले ब्यूँझायो । दायाँ–बायाँ कतै नलागि म मेरो गन्तव्यतर्फ लागे । बस रत्नपार्क पुग्यो । म गाडीबाट ओलर््िाएँ । सरासर अस्पताल पुगे । उपस्थित शुभेच्छुकबाट लास पोष्टमार्टम भइसकेको जानकारी पाए । सामान्य प्रकृतिबाट अध्ययन गर्दा आत्महत्या नै गरेको कुरा थाह पाए । उनको शव शववाहनमा राखियो । शव यात्रामा सामेल भइयो । आर्यघाटमा पु¥याएर शव चितामा राखियो । प्रश्न उठ्यो । दागबत्ती कसले दिने ? उसको परिवारमा ऊ मात्र एक्लो थियो । विवाह गरेको थिएन । मावलीलाई सुनाएँ । जाउँ काठमाडौं भने । खर्चबर्चको अभाव छ भने । नातामा नजिकको सदस्य म हुँ भनेर कोही निस्केन । उसको परिवारको तर्फबाट कोही उपस्थित हुने सम्भावना पनि थिएन । ठाने, यो पनि ऊ माथिको अन्तिम कर्तव्य मेरै हो । सकि–नसकि, चाहिँ–नचाहिँ बाध्यताबस दागबत्ती दिएँ । लाग्यो, एउटा अद्वितीय मानव जीवन त्यसै खेर गयो । फक्रिनै लागेको फूल एक्कासी झर्न पुग्यो । उदाउनै लागेको चम्किलो तारा आकाशबाट एकाएक खसेर गयो । सबै त्यसै धर्तीमा बिलिन हुन पुग्यो । सुसाइड नोटमा सारमा कँुदिएका अक्षर हेरे । यी उसैका अक्षर थिए । उसैको शैली थियो । उसैको बोली थियो । उसैका भाव थिए ।

भनिएको थियो– ‘मैले यो भूगोललाई बुभm्न नपाउँदै भौतिकरुपमा मेरा आमा–बाबु गुमाइसकेको थिए । परिवारका सम्पूर्ण पिँढी यसअघि बुबा–आमाले नै गुमाइसकेका रहेछन् । मेरो भविष्यलाई सूक्ष्मरुपमा निर्माण गर्ने जिम्मेवारी पाएका मेरा बाबु–आमा सरहका अन्य आफन्तजनलाई पनि दूधे दाँत उम्रनु अघि नै गुमाएको थिए । स्थुलरुपमा मेरो भविष्यलाई परिमार्जन गरी मार्गनिर्देशन गर्ने तपाईहरु प्रतिको मेरो कर्तव्य सदा अधुरै रहन पुग्यो । एउटा सक्षम र सबल नागरिकका रुपमा स्थापित गर्न लागि पर्ने एउटा समाज र ती समाजभित्रका चेतनशील सदस्यलाई पनि मैले भावनात्मक रुपमा नै ठेस पु¥याए । मेरी उनी सम्भावना जसले मेरो मन जितिसकेकी थिइन् । मेरो प्रगति र उचाइमा आफ्नो भविष्य देख्न थालेकी थिइन् । उनको लागि त मैले आधा धर्ती नै उजाड बनाइ दिएँ । मैले म माथिको परिवेश सम्झनु पर्दथ्यो । सम्झन त के र मैले कुनै स्थान पनि दिन सकिनँ । लाग्यो रुपैयाँ, पैसा र सम्पन्नता नै सबथोक हो । त्यसैमा रमेँ, रमाएँ । सम्भावना लगायत, मेरा कर्मदाता भनौं वा सम्पूर्ण समाज, साथीभाइ र सिंगो समुदायलाई ओझेलभित्र पारे । म सँग माफी माग्ने ठाउँ पनि भएन ।
लाग्थ्यो विपन्नता त सबैका लागि अजिङ्गगर नै बन्दछ । जसले आफ्नो भोको पेटलाई सन्तुष्टी दिने क्रममा जिउँदै अर्को प्राणीलाई निलिदिन्छ । हो, म हिजो विपन्नताले भरिएको थिएँ । मैंले सम्भावनालाई निलेँ । मावली परिवारलाई निलँे । समाजभित्रका उदार भावना भएका तपाईं लगायत हरिशंकरलाई निलेँ । तपाईहरु सबैलाई निलेर मात्र म सम्पन्नाको शिखर चढन थालेँ । सम्पन्नताको शिखरको त्यो भुँमरीमा फन्को मार्दै सम्भावना, तपाई, हरिशंकर लगायत सम्पूर्ण साथीभाइ हुँदै समाजप्रति क्रुर बन्नु मेरो नियति बन्योे । फलस्वरुप सम्पन्नतामा नै अर्को एउटा अजिङ्गरले म भित्र जन्म लिन पुग्यो । अन्ततः त्यही सम्पन्नतारुपी क्रुर अजिङ्गरका सामु म आत्मसमर्पण गर्न पुगँे । फलतः मलाई यो निर्णय गर्न बाध्य गरायो । भोलि समाज र राष्ट्र हुँदै विश्वलाई नै पनि यस्तै निर्णय गराउन सक्थ्यो । त्यसैले मेरो यो मृत्युमा शोक र भावविह्वल हुने तथा पश्चाताप गर्नेभन्दा पनि भावीपिढीले यसप्रकारको सोचाइको अवस्था व्यहोर्नु नपरोस् । ज्यूँदो समाजले यसतर्फ सोची दिए मेरो आत्माले शान्ति पाउनेछ । सबैको चेतना उजगार गर्ने मेरो यो निर्णय थियो । जसलाई कार्यान्वयन गर्न बाध्य भए । यसर्थ यो गलत कार्यमा सबैले क्षमा प्रदान गर्नुहुनेछ ।’

सम्पन्नताबाट निराश भएर लेखिएको यो उसको अन्तिम चिठीले अरुलाई के–कस्तो प्रभाव प¥यो । त्यो आफ्नै ठाउँमा छ । तर, मलाई भने मेरो आफ्नै संरक्षकत्वमा भएको कमी–कमजोरीको परिणाम हो भन्ने लाग्यो । यही मान्यताले म भित्रका मेरा सबल र सक्षम उपकारका आकांक्षा र सपनाहरुलाई दुर्बलताभित्र धकेल्दै सदा पश्चातापको भुँवरीभित्र अल्मलाइरहेको छ । लाग्यो विपन्नताभित्रका क्रुर अजिंगरहरु सम्पन्नताभित्र पनि सलबलाउँदा रहेछन् । दुबैका भूमिका भनेको पश्चातापको खोलमात्र हाम्रोसामु रहँदो रहेछ । यिनै कथाव्यथाले जेलिएको हाम्रो अभियान अन्ततः पश्चातापै पश्चातापले घेरिएको रहेछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here