गार्गी वाङ्मय प्रतिष्ठानको नेतृत्व चयन

0
8

अर्जुनधारा ।

झापाको अर्जुनधारा–९ चन्द्रलाल चोकस्थित गार्गी वाङ्मय प्रतिष्ठानको छैंठौं साधारण सभा आइतबार सम्पन्न भएको छ ।

प्रतिष्ठानको सभाहलमा अध्यक्ष नरेन्द्रप्रसाद अधिकारीको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि वडाध्यक्ष भीष्म मिश्रले उद्घाटन गरेका थिए ।

उपाध्यक्ष रमणविलास लुँइटेलले स्वागत गरेको उक्त कार्यक्रममा अध्यक्ष अधिकारीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र सचिव केदारनाथ पोख्रेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कालिस्थान माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक कुमार मिश्र, आमा समूहकी अध्यक्ष अनिता नेपाल, सरही समाजका सचिव नेत्र रिजाल र महिला मोक्षदा किर्तन मण्डलीकी सदस्य तुलसा पोख्रेलले मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव पोख्रेलले गरेका थिए ।

सोही सभाले आगामी तीन वर्षे कार्यकालको लागि पुनः नरेन्द्रप्रसाद अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा रमणविलास लुँइटेल, सचिव केदारनाथ पोख्रेल, सहसचिव कोपिला पौडेल र कोषाध्यक्षमा रीता पोख्रेल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा चन्द्रप्रसाद रिजाल, छविलाल पोख्रेल, पुण्यप्रसाद पोख्रेल, मायादेवी आचार्य, युवराज शिवाकोटी र लीलाराज पौडेल चयन भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here