दशरथचन्द माविको सामाजिक प्रतिवेदन सार्वजनिक

0
10

चारआली ।

स्थानीय शहीद दशरथचन्द मावि चारआलीले सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।

विद्यालयका अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, पि.टि.ए.प्रतिनिधिहरुबीच दुई करोड ३२ लाख ९३ हजार नौ सय ५४ रुपैयाँ २४ पैसा बराबरको आयव्यय प्रतिवेदन संयोजक शिवराज भट्टराईले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य तुलसा बराल, सामाजिक विकास संयोजक मेचीनगर, हृदय राजवंशी, विद्यालयका प्रधानाध्यापक लेखनाथ पौडेल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदारबहादुर बुढाथोकीले गरेको कार्यक्रममा शिक्षक अध्यक्ष संघका अध्यक्ष केशव न्यौपाले लगायतको उपस्थिति रहेको शिक्षक प्रतिनिधि टेकेन्द्र ढकालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here