मुख्य मन्त्री कार्कीद्वारा सामुदायिक भवनको सिलान्यास

0
20

छविराज ढकाल,
पथरीशनिश्चरे।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफुले २५ लाख भन्दा मुनिका कुनै पनि विकास आयोजनाहरू प्रदेश सरकारले नल्याउने बताउनुभएको छ।

उहाँले शनिबार मोरङको पथरीशनिश्चरे ०४ स्थित गणेश – अम्बिका प्रतिष्ठानको सामुदायिक भवनको सिलान्यास गर्नु हुँदै सो कुरा बताउनुभएको हो । मुख्य मन्त्री कार्कीले भौतिक विकास संगसंगै मानवीय विकासलाई लाने लक्ष्यमा रहेको भन्नु हुँदै प्रदेश भित्रका पालिकाहरूलाई समृद्ध बनाउदैँ जाने बताउनुभयो।

पथरी शनिश्चरे नगरप्रमुख मोहनप्रसाद तुम्वापोले मुख्य मन्त्री कार्कीसमक्ष विगत ४/५ वर्षदेखि निर्माणाधीन मनमोहन गान्धी मार्गको वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्ये भैई आवातजावत गर्नेहरू र स्थानीय सर्वसाधारणहरूले समस्या झेलिरहनु परेको भन्दै विशेष पहल गरी दिन आग्रह गर्नुभयो ।

सोहि क्रममा उहाँले पथरीशनिश्चरे नगरको ‘लाईफलाईन’ को रूपमा रहेको पथरी डायनिया सडक खण्डले सुनवर्षी नपा देखि पथरीशनिश्चरे हुँदै मिक्लाजुङ पाँचथर जोड्ने सडकको निर्माण कार्यमा पनि चासो राखिदिन अनुरोध गर्नुभयो।

प्रदेश स्तरीय आयोजनाहरूको लागि आवश्यक बजेट विनियोजन नहुदाँ सम्पन्न नहुँदै लथालिङ्ग छोडिएका सडकको निर्माण कार्य जारी राखिदिन अनुरोध गर्नुभयो। गणेश अम्बिका प्रतिष्ठान अध्यक्ष पर्शुराम कार्कीले अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नं-४ वडाध्यक्ष लोककिरण न्यौपानेले स्वागत मन्तव्य राख्नु भएको थियो।

उक्त कार्यक्रममा विशिष्ट अतिथि मोरङ क्षेत्र ३ क का प्रदेश सांसद मान बहादुर लिम्बु, प्रदेश सरकारका शहरी तथा भौतिक पूर्वाधार विकास मन्त्रालयका ईन्जिनियर अजय श्रेष्ठ समेतको उपस्थिति रहेको थियो।

सो भवन निर्माणका लागि सोहि वडा निवासी गणेश र अम्बिका भण्डारी दम्पत्तीले आफ्नो दिंवगत छोराको संझानामा ५ कठ्ठा जमीन दान गर्नु भएको छ।

हाल सो भवन निर्माणका लागि ७ करोडमा डिपिआर भएको छ भने हाल १ करोड ४४ लाख ६१ हजार १३ रुपैयाँ बजेट संझौता रकम/ठेक्का सम्झौता भएको छ। त्यसकोलागि जिपि बिल्डर्सले ठेक्का लिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here