उर्लावारीका धिरेन्द्र ढुङगेल कानेपोखरीको जंगलमा मृत फेला

0
95

उर्लाबारी,

मोरङको उर्लाबारी नगरपालिका-६ सिमाना वस्तीका २३ बर्षे धिरेन्द्र ढुङगेल कानेपोखरीको जंगलमा मृत फेला परेका छन् ।

सोमबार दिउँसो २ बजे घरबाट श्रीमती संगै उर्लाबारी बजार गएका ढुङगेल बजारमा सामान किनमेल गरेर श्रीमतीलाई घर जाउ म कपाल काटेर आउँछु भनेर श्रीमतिलाई घर पठाएका ढुङगेल मोरङको कानेपोखरी गाउँपालिकाको वडा नम्वर-७ मा पर्ने जंगलमा मंगलबार विहान मृत फेला परेका हुन् ।

ढुङगेलले श्रीमतीलाई दिउँसो करिव २ः३० बजेतिर कपाल काटी सकें भनेर फोन गरेपछि उनी सम्पर्कमा नआएको परिवारले बताएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन्।

त्यसरी कपाल काटी सकें भनेर श्रीमतीलाई फोन गरेका ढुङगेल साँझ सम्म पनि सम्पर्कमा नआएपछि उनका आफन्तले खोजीका लागि ईलाका प्रहरी कार्यालय उर्लाबारी र विभिन्न सामाजिक सञ्जालमा सुचना दिएका थिए ।

ईलाका प्रहरी र सामाजिक संजालमा उनि हराएको सुचना सार्वजनिक भए सगै उनको खोजीकार्यमा आफन्त, स्थानिय र प्रहरी लागि परेको थियो । प्रहरीले उनको खोज गर्ने क्रममा मोबाईल फोन टे्रसिङ गर्दा फोनको लोकेसन पथरीको जिरीखिम्ती र कानेपोखरी आसपास देखिएकाले राति नै देखि आफन्त, प्रहरी र स्थानियको टोलीले जंगलमा खोजी गरीरहेको थियो ।

खोज गर्ने क्रममा उनको शव मंलबार विहान ९ बजेतिर कानेपोखरी-७ को लेटाङ मोड नजिकै झुण्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक शुशिल पाण्डेले बताए ।

घटनाको स्थलगत अनुसन्धानमा खटिएका प्रहरी निरिक्षक पाण्डेले घटना स्थलमा कुनै पनि प्रकारको संकास्पद गतिविधी नभएको र मृतक ढुङगेलको शरीरमा समेत निलडाल नभएका कारण उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान रहेको बताए ।

ढुङगेलले आफैले लगाएको उइनचिटर ज्याकेटको पासो लगाएर आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनास्थलबाट प्रहरीले उनले प्रयोग गर्ने गरेको एक थान मोवाईल, नगद १६ हजार रुपैया समेत फेला पारेको जनाएको छ ।

ढुङगेलले गत असोज २३ गते प्रेम सम्वधमा रहेकी आफ्नी प्रेमिकालाई विवाह गरेका थिए । विवाह गरेको १ महिनामै ढुङगेलले मृत्युवरण गरेका छन् । उर्लाबारी खानेपानीमा केही समय जागिर खाएका ढुङगेल बैदेशिक रोजगारीको शिलशिलामा जापान जाने तयारीमा थिए ।

जापानको तयारी अन्तीमचरणमा पुगेपछि उनले खानेपानीको जागिर छोडेर घरमै बस्दै आएको उर्लाबारी खानेपानीका अध्यक्ष एवम वडा नम्वर-६ का वडाध्यक्ष चिन्तामणी पौडेलले बताए ।
उनको जापानको उडान मंसिर २ गते तय भएको थियो । तिहार मनाएर जापान जाने तयारीमा रहेका ढुङगेलले विचैमा देहत्याग गरेका छन् ।

उनको शव पोष्टमार्टमका लागि उर्लाबारी-३ मा रहेको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा राखिएको प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here