पथरी शनिश्चरेमा विद्यालय स्वास्थ्य परीक्षण व्यवस्थापन कार्यक्रम

0
8

पथरी शनिश्चरे,

मोरङको पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा विद्यालय स्वास्थ्य परीक्षण व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा करुणा फाउण्डेसनको सहकार्य रहेको थियो ।

नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा करुणा फाण्डेसनका विक्रम कोइरालाले कार्यक्रमको बारेमा प्रष्ट्याउनुभएको थियो । यस्तै क्विज अस्पताल काठमाडौंका डा. सुनिल अधिकारी र नेदरल्याण्डसबाट आउनुभएका डा. अरविन्दले प्रस्तुतिकरण राख्नुभएको थियो । कार्यक्रमको बीचमा ३० मिनेट खुल्ला अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाको सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु, निजी विद्यालयका प्रिन्सिपलहरु, मिक्लाजुङ गाउँपालिकाको प्रतिनिधि र उर्लाबारी नगरपालिकाको प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

यस्तै, बैठकमा नगरका उप–प्रमुख देविमाया काफ्ले, योजना तथा प्रशासन शाखा प्रमुख शिव कुमार राई, शिक्षा तथा खेलकुद शाखा प्रमुख शालिग्राम काफ्ले, महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल लगायतको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here