उर्लावारी आगलागी घटनाका घाईतेहरुको उपचारका लागि सहयोग गर्न जापानी टोली

0
11

उर्लाबारी।

उर्लाबारी आगलागी घटनाका घाइतेहरुको अवस्थाका बारेमा बुझ्न र उपचारमा सहयोग गर्न जापानबाट आएका डा. हिरोयुकी इजुमीले उपचाररत घाइतेहरुलाई भेटेका छन् ।

कीर्तिपुर स्थि बर्न अस्पतालमा उपचाररत २५ जना घाइतेहरको पछिल्लो स्वास्थ्य अवस्थाबारे बर्न अस्पतालका डा. शंकर राईसग भेटेर जानकारी लिएको चिरन्जीवी थापाले बताए । राईसग भेटेर जानकारी दिएपछि डा. ईजुमीले घाईतेहरुको उपचारमा जापान स्थित आफु कार्यरत अस्पतालका डाक्टरहरुको टिम सग भिडियो कन्र्फेन्स मार्फत भर्चुअल कुराकानी गरी घाइतेहरुको स्वास्थ्य अवस्थाबारे अपडेट गराएका थिए ।

जापान मेडिकल एसोसियसनका पूर्वअध्यक्ष तथा टोकियो इटाबाशी अस्पतालका अध्यक्ष डा. हिरोयुकी इजुमीले नेपालमा ५ दिन सम्म रहेर बर्न अस्पतालका डाक्टरहरु सग सहकार्य गरी घाईतेहरुको उपचारमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थापाको भनाई छ । नेपाली कांग्रेस महासमिति सदस्य चिरञ्जीवि थापाको पहलमा शनिबार डा. इजुमी नेपाल आउनु भएको थियो ।

गत कार्तिक २६ गते मोरङको उर्लाबारी-७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २८ जना घाइते भएका थिए । तीमध्ये २५ जनालाई नेपाली सेनाको विमान मार्फत काठमाडौँ लगेर उपचार भईरहेको । घाइतेहरुको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको घाइतेसगै रहेको सहयोगी नेपाली कांग्रेस उर्लाबारी नगर सचिव राजन रायमाझीले बताए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here