अर्जुनधाराको आवधिक नगर विकास योजना तयार

0
15

अर्जुनधारा । 

आगामी पाँच वर्ष भित्र अर्जुनधारालाई कस्तो बनाउने मार्गदर्शनसहितको आवधिक नगर विकास योजना सोमबार एक कार्यक्रमकोबिच हस्तान्तरण गरिएको छ ।

नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नगर प्रमुख तामाङलाई उक्त योजनाको पुस्तक हस्तान्तरण गरेका थिए ।

सभामुख घिमिरेका स्वकीय सचिव एवम् कञ्चनजंघा परामर्श सेवा प्रा.लि.का अध्यक्ष केशवराज ढुंगेलले तयार गरेको उक्त योजना बारे अर्जुनधारा नगरपालिकाकी निवर्तमान प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले संक्षिप्तमा जानकारी गराएकी थिइन् ।

पुस्तकमा सभामुख घिमिरे, नगर प्रमुख तामाङ, उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत तिलचन रिमाल, निवर्तमान प्रमुख प्रशासकीय अधिकृत राई, योजना तयारीकर्ता ढुंगेलले हस्ताक्षर गरेका छन् ।

सभामुख सचिवालयको समन्वयमा आयोजित उक्त कार्यक्रममा १ सय १० जना ज्येष्ठ नागरिकलाई उपहार स्वरुप लौरो वितरण गरिएको प्रशासन शाखाका सहायक सौजन कटुवालले जानकारी दिए । नगर उपप्रमुख पराजुलीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन प्रशासन शाखाका सहायक कटुवालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here