एनएमसी शनिश्चरे सेवाकेन्द्रको उपएकाइगत साधारण सभा सम्पन्न

0
15

अर्जुनधारा ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बिर्ता–अर्जुन एकाइ अन्र्तगत शनिश्चरे उपएकाइगत साधारण सभा सोमबार सम्पन्न भएको छ ।

अर्जुनधारा–७ स्थित सामूहिक उद्धार तथा उपकार संघको सभाहलमा कार्यालयगत समितिका संयोजक हरिभक्त बरालको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि अर्जुनधारा–८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले उद्घाटन गरेका थिए ।

सभामा संस्थाको गत आर्थिक वर्ष ०७९/०८०को वार्षिक प्रगति प्रतिवेदन निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेतीले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार संस्थाको चुक्ता शेयर पूँजी एक अर्ब ४० करोड पाँच लाख १८ हजार छ सय रुपैयाँ, निक्षेप नौ अर्ब ३८ करोड ३० लाख २९ हजार छ सय ८५ रुपैयाँ, कर्जा लगानी १० अर्ब ३० करोड ९३ लाख ८० हजार चार सय ८० रुपैयाँ रहेको छ ।

त्यसैगरी संस्थाको खुद आम्दानी ८६ करोड ३८ लाख १२ हजार रुपैयाँ र खुद नाफा २३ करोड २५ लाख ८७ हजार तीन सय ३९ रुपैयाँ रहेको छ । कार्यालयगत समितिकी सदस्य सरु बुढाथोकीले स्वागत गरेको उक्त सभाको सञ्चालन कार्यालय प्रमुख रोहितबहादुर अधिकारीले गरेका थिए ।

गत मंसीर २ गतेदेखि एकाइगत साधारण सभा सञ्चालन गर्दै आएको एनएमसीको यही मंसीर १६ गते माइन्यूट प्रमाणित सभासँगै ३१औं वार्षिक साधारण सभा सम्पन्न हुने कार्यसूची रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here