सरकारी छाप दस्तखत किर्ते आरोपमा पाँच जना पक्राउ

0
8

मोरङ ।

सरकारी छाप दस्तखत किर्ते सम्बन्धी कसूरमा संलग्न पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा रतुवामाई नगरपालिका–४ बस्ने ६५ वर्षीय चेतनलाल राजवंशी, ६२ वर्षीया झरिया देवी राजवंशी, ६३ वर्षीय विष्णु राजवंशी, ६३ वर्षीय पैखन लाल राजवंशी र ६४ वर्षीय कन्हारु लाल केवरत रहेका छन् ।

सरकारी छाप दस्तखत किर्ते सम्बन्धी कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा गत कात्तिक २ गतेदेखि फरार रहेका उनीहरूलाई आ–आफ्नै घर ठेगानाबाट प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई मोरङ जिल्ला अदालतमा बुझाउने कार्य भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here