लागूऔषधको लतले धेरैको जीवन बर्वाद बन्दै

0
32

हरेक बिहानीले दिनको संकेत गर्छ भने झैं अहिलेको वर्तमान अवस्थाले भविष्यको अवस्थाको चित्रण गर्दछ । हाल दैनिकजसो लागूऔषध कारोबार तथा प्रयोगका मुद्दामा झापामा युवाहरु पक्राउ पर्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालयसहित काँकरभिट्टा, बिर्तामोड, दमक लगायतका इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका मध्ये अधिकांश लागूऔषध कारोबारी तथा प्रयोगकर्ताहरु रहेका छन् । यसले के संकेत गर्छ भने अब आउने एउटा पुस्ता लागूऔषधको ठूलो दल–दलमा फस्दैछ । लागूऔषधको प्रयागले परिवारमा कतिको विचलन ल्याएको छ भन्ने विषय त्यससँग पीडित परिवारले राम्रोसँग भोगेकै छन् । आफ्ना सन्तानलाई सुर्धानका लागि विभिन्न सुधार गृहहरुमा लामो समय राखे पनि पुनः लागूऔषधको दल–दलमा फस्ने क्रमले गर्दा धेरैको परिवार उजाडिएको छ । केही प्रतिष्ठित परिवारका रुपमा कहलिएका परिवारमा पनि आफ्ना सन्तान लागूऔषधको कुलतमा फसेका कारण तनाव सिर्जना भएका छन् ।

पछिल्लो समय आफ्ना सन्तानको आवश्यकता पूरा गर्ने बहानमा मनोमानी छाड्ने प्रवृत्तिका कारण धेरै युवा–युवतीहरु लागूऔषध जस्ता कुलतको दल–दलमा फस्दै गएका हुन् । स्वतन्त्रताका नाममा आफ्ना सन्तानको हेरचहार नगर्दा कुलतको जञ्जालमा फसेपछि मात्रै धेरै थाहा पाउने गरेका छन् । आफ्नो र परिवारको इज्जत जाने डरले समाजमा खुलेर नभन्दा र आफ्ना सन्तानका समस्यालाई ढाकछोप गर्ने प्रवृत्तिका कारण पनि धेरै युवाहरु कुलतको नशामा नराम्रोसँग फस्दै गएका छन् । नेपाल प्रहरीका अनुसार पछिल्लो समय आपराधको एउटा प्रमुख कारक लागूऔषध बन्दै गएको छ । लागूऔषधको नशामा फसेकाहरु जस्तोसुकै अपराध गर्न पनि पछि नपर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेका छन् । चोरी, तस्करी तथा हत्या, अपहरण जस्ता जघन्य अपराध गर्न पनि उनीहरु पछि नपर्ने भएकाले लागूऔषध समाज र देशकै लागि ठूलो चुनौतीको विषय बन्न थालेको छ ।

झापामा खुल्ला सिमानाको फाइदा उठाएर लागूऔषधको कारोबार हुने गरेको छ । लागूऔषध प्रयोगकर्ताकै शब्दमा भन्ने हो भने झापा जिल्ला ‘अक्का जिल्ला’ हो । अर्थात् झापामा सक्कली माल पाइन्छ । यस अर्थमा झापामा कारोबार गर्नेहरुले सक्कली माल बच्ने भन्दै कारोबारीहरुले झापालाई ट्रान्जिट पोइन्ट बनाइरहेका छन् । खुल्ला सिमानाको फाइदा उठाउँदै भारतका विभिन्न स्थानबाट लागूऔषध नेपाल भित्रने गरेको छ । झापाबाट लागूऔषध अन्य जिल्लामा पुग्ने गरेको प्रहरीले अनुसन्धानबाट खुलेका छन् । प्रहरीले केही समयअघि चन्द्रगढी विमान स्थलबाट महिलाले लगाउने प्याडभित्र सोही आकारमा लुकाएर लैजान लागेको अवस्थामा महिलालाई पक्राउ ग¥यो । उनी पक्राउ पर्नु अघि पनि पटक–पटक उक्त विमान स्थल प्रयोग गर्दै काठमाडौं–झापा यात्रा गरेको खुलेको थियो ।

हवाई तथा स्थल मार्ग हुँदै लागूऔषध कारोबार हुने थाहा पाए लगत्तै झापा प्रहरीले निगरानी बढाएर केही कारोबारीलाई पक्राउ गरे पनि लागूऔषध कारोबारीको जञ्जाल तोड्न सकेको छैन् । यसमा प्रहरी एक्लैको केही लाग्दैन । जबसम्म हरेक नागरिक जागरुक बन्दैनन् तबसम्म यो असम्भव नै हो । आफ्ना सन्तानलाई समय नदिने, उनीहरुको संगत तथा उनीहरुको व्यवहारबारे जानकारी नलिने हो भने अबको केही वर्षमा एक घर एक व्यक्ति लागूऔषधको कुलतमा फस्ने पक्का छ । भारतीय पक्षले नेपालीलाई खुलेआमरुपमा लागूऔषध बिक्री गर्न दिने गरेको स्वयम् लागूऔषध कारोबारीहरु स्वीकार गर्छन् । तर, भारतीय प्रशासन यो कुरा मन्न तयार छैन् ।

लागूऔषधसँग सम्बन्धित कानून परिमार्जन गर्नुपर्ने आवाज पछिल्लो समय उठ्न थालेको छ । नेपालमा ४७ वर्षअघि बनेको कानून हालसम्म कार्यान्वयनमा छ । कानून परिमार्जन गरेर कठोर शारीरिक श्रममा लगाउने कानून नबनाएसम्म लागूऔषधमा फसेकाहरुलाई सुधार गर्न नसकिने धेरैको बुझाइछ । लागूऔषधबिरुद्धको कारवाहीमा लागूऔषध नियन्त्रण ऐन २०३३ प्रयोगमा छ । लागूऔषध दुव्र्यसन नियन्त्रणको क्षेत्रमा कार्यरत अगुवाहरूले कानून संशोधन एवम् परिमार्जनको आवाज तड्कारो रूपमा उठाउन थालेका हुन् । कानून संशोधन एवम् परिमार्जन गरेर भए पनि कठोरखालको शारीरिक परिश्रममा नलाए उनीहरुको आनी–बानीमा सुधार नआउने धेरैको बुझाई छ । ४७ वर्षअघिको कानून परिमार्जन गर्ने विषयमा राजनीतिक नेतृत्वले सोच्ने बेला भइसकेको छ ।

लागूऔषध सम्बन्धी कानून धेरै पुरानो भइसकेकाले परिवर्तनको आवश्यकता भइसकेको छ । प्रत्येक प्रदेशले आफ्नो प्रदेशको अवस्थालाई हेरेर प्रदेश सरकारले अलग्गै कानून निर्माण गरेर कार्यान्वयनमा नल्याए लागूऔषधको अवस्था झन् भयावह बनेर जाने निश्चित नै छ । लागूऔषध मुद्दामा मुछिएकाले हिरासत र कारागार भरिँदा पनि सरकारले वास्ता गरेको छैन् । पुरानो कानून संशोधन र परिमार्जन गरेर नयाँ बनाउनेतर्फ ध्यान नदिए लागूऔषधको अवस्था थप भयावह बन्ने निश्चित छ । लागूऔषधले निम्त्याइरहेको मानसिक, आर्थिक, पारिवारिक र सामाजिक क्षतिलाई नजरअन्दाज गर्दै अघि बढेमा एक दिन नेपालमा कुलतमा नफसेका व्यक्ति भेट्न मुस्किल पर्नेछ । यसले नेपालमा आर्थिक, राजनीतिक तथा सामाजिक क्षेत्रमा ठूलो असर पर्ने पक्का छ ।

राज्यले लागूऔषधबिरुद्ध जनसमुदायसम्म पुग्ने प्रभावकारी काम गर्न सकेको छैन् । स्थानीय सरकारले लागूऔषध नियन्त्रणका लागि कुनै योजना नै बनाएको पाइएको छैन् । बनाएकाहरुले पनि कार्यान्वयन कसरी गर्नेमै अल्मलिएका छन् । लागूऔषधको दल–दलमा फसेकाहरुलाई उचित ढंगले सुधार गर्न नसक्दा अपराधमा जोडिने डर उत्तिकै छ । उनीहरुलाई पुनः अपराधमा नजोडिउन् भनेर लागूऔषध मुद्दा चलाइएकाहरू समाजमा पुर्नस्थापना हुने वातावरण बनाउनतर्फ राज्यले उचित कानूनहरु निर्माण गर्न जरुरी छ । सुधार गृह वा कारागारबाट निस्किएपछि पुनः दुव्र्यसनमा पुग्ने वातावरण बन्छ ।

यसमा राज्य दोषी छ । किनकि समाजमा प्रयोगकर्तालाई हेर्ने दृष्टिकोण परिवर्तन हुन नसक्दा ऊ पुनः कुलतकै बाटो रोज्न बाध्य हुन्छ । उसलाई सधैँ प्रयोगकर्ता कै नजरले हेरिदिँदा समस्या विकराल बन्ने गरेको छ । लागूऔषधलाई राज्यले अपराधसँग जोड्यो, मानिसको स्वास्थ्य र सामाजिक क्षेत्रसँग जोड्न नसक्दा धेरैले यो लतबाट छुटकरा पाउन सकेनन् । लागूऔषध प्रयोगकर्ताहरुलाई सचेतनामूलक कार्यक्रहरु गर्न नसक्दा अहिलेको पुस्ता लहैलहैमा गलत बाटोमा हिँडीरहेको छ । यसलाई रोक्ने हामी सबैको दायित्व हो ।

झापासहित कोशी प्रदेशमा २२ हजारभन्दा धेरै कडाखालको लागूऔषधका प्रयोगकर्ता रहेको विभिन्न तथ्यांकहरुमा उल्लेख गरिएको छ । यो थोरै संख्या होइन् । गृह मन्त्रालयले लामो समयदेखि लागूऔषध कारोबारी तथा यसको अवस्थाबारे केही तथ्यांक सार्वजनिक गरेको छैन । २०७६ सालको तथ्यांकपछि हालसम्म कुनै अवस्था सार्वजनिक गरेको छैन । अहिलेको अवस्था झन भयावह बन्दै गएको पक्का छ । खुल्ला सीमाना र लागूऔषधको सहज प्राप्ति कारोबार वृद्धिको प्रमुख कारण हो । ग्रामीण क्षेत्रमा हुने गाँजा र अफिम खेतीको भरपर्दो अनुगमन प्रणाली नहुनु, खर्चिलो सूचना व्यवस्थापन विधि र बजेटको सिमितता नियन्त्रणका चुनौती रहेको प्रहरी स्रोतको भनाइ छ ।

गलत मनसायका व्यक्तिहरुले अर्थोपार्जनको उद्देश्यले लागूऔषध ओसारपसार गरिरहेको र विशेषगरी युवावर्ग दुव्र्यसनीमा लागेको विभिन्न तथ्यांकले देखाएको छ । परिवार, समाज र विद्यालयबाट उचित मार्ग निर्देशन र हेरचाहको अभाव, सही निर्णय क्षमताको कमी, आनन्द प्राप्तिको अभिलाषा र साथीको संगत लगायतका कारणले युवावर्ग लागूऔषधको दुव्र्यसनीमा फसेको पाइएको छ । यसका लागि सबैभन्दा पहिला लागूऔषधको विषयमा घरमा अभिभावकलाई जागरुक गर्न आवश्यक देखिएको छ । आफ्नो सन्तानको निगरानी बेलैमा नगर्ने हो भने पछि पछुताउनु बाहेक केही हँुदैन । लागूऔषधबाट शहरी क्षेत्रमा बसोबास गर्ने २० देखि २९ वर्षका २२.४ प्रतिशत र १५ देखि १९ वर्षका १९.९ प्रतिशत युवा वर्ग दुव्र्यसनमा फसेको तथ्यांकले देखाएको छ ।

लागूऔषध प्राकृतिक र अर्धकृतिम पदार्थ भएकाले यसको प्रयोगले व्यक्तिको केन्द्रीय स्नायु प्रणालीमा असर पु¥याई सोच्ने, बुझ्ने र विश्लेषण गर्ने शक्तिमा विचलन ल्याउने चिकित्सकहरुको भनाइ छ । व्यक्तिको शारीरिक, आर्थिक, मानसिक, पारिवारिक र कानूनी पक्षलाई नराम्रोसँग असर पु¥याउने भएकाले कुनै पनि प्रकारको लागूऔषध चिकित्सकको सल्लाह बिना आफूखुशी धेरै मात्रामा वा गलतरुपमा प्रयोग गरिन्छ भने त्यो लागूऔषध दुव्र्यसन भएको चिकित्सकहरु बताउँछन् । यस्ता प्रयोगकर्ता दुव्र्यसनी हुन् । नागरिक हितका खातिर तथा सामाजिक, आर्थिक, मानसिक प्रभाव समेतलाई मध्यनजर गरी यस्ता पदार्थ प्रतिबन्धित रहेको प्रहरीले जनाएको छ । विश्वव्यापी समस्याको रुपमा रहेको लागूऔषध प्रयोग र कारोबार नेपालमा पनि जटिल बन्दै गएको छ । सामाजिक समस्याको रूपमा रहेको लागूऔषध नियन्त्रणमा पछिल्लो समय प्रहरीको सक्रियताका कारण धेरै ठूलो संख्यामा अपराधी पक्राउ पर्ने गरेको जनाइएको छ ।

झापासहित कोशी प्रदेशका केही जिल्लामा दैनिकजसो लागूऔषध कारोबारी तथा प्रयोगकर्ता पक्राउ पर्ने गरेका छन् । यसको नियन्त्रणका लागि परिवारका सदस्यहरू पनि आफ्ना बालबालिकाको क्रियाकलापबारे सचेत हुन आवश्यक छ । युवा वर्ग भविष्यप्रति सचेत भई यसको सेवनबाट टाढा रहन सक्नुपर्छ । सरकारीस्तर, प्रहरी, समाज, सरोकारवाला निकाय र आमनागरिक मिलेर कानूनले तोकेको पथ पछ्याउँदै सक्रियरूपमा कामप्रति समर्पित हुन सके यस्ता अपराध नियन्त्रणमा पक्कै सफलता मिल्नेछ । त्यसका लागि स्थानीय सरकारले लागूऔषधबिरुद्धका कार्यक्रम तथा अभियानलाई चासो र महत्वका साथ उठान गरेर कडाईका साथ उत्रन जरुरी छ ।

सचेतनासँगै कारवाही अभियानलाई तीव्रता दिएमा लागूऔषध कारोबार तथा प्रयोगकर्ताको संख्याका कमी ल्याउन सकिने छ भने झापासहितका जिल्लामा कोही पनि मानिस अनावश्यक रुपमा आवतजावत गर्दैछ भने उसको निगरानी गर्न पनि जरुरी देखिएको छ । लागूऔषधबिरुद्धका अभियानमा सबै संघ–संस्था एक जुट भएर अघि बढेमा नियन्त्रण गर्न नसके पनि न्यूनीकरणमा भने पक्कै सफल मिल्नेछ । लागूऔषधलाई लतको रुपमा लिइँदा धेरैको जीवन बर्बाद बन्दै गएको छ भने धेरैको परिवार उजाडएको छ । त्यसैले यस्ता कुलतबाट आफू पनि जोगियौं, अरुलाई पनि जोगाऔं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here