बालाजी टोलको अधिवेशन

0
11

बिर्तामोड ।

बिर्तामोडस्थित बालाजी टोलको पाचौं अधिवेशन सम्पन्न भएको छ ।

बिर्तामोड–५ स्थित बालाजी टोल विकास संस्थाको अधिवेशनको अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । संस्थाका अध्यक्ष नरेन्द्रकुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाईको आतिथ्य रहेको थियो ।

कार्यक्रममा संस्थामा तीन कार्यकाल नेतृत्व गरेका नन्दकेशर निरौलालाई अभिनन्दन गरिएको थियो । सोही अवसरमा १३ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा लक्ष्मीनारायण वंशल, डम्बरकुमारी निरौला, लालमाया चोङ्गबाङ्ग, हर्षकुमारी काफ्ले, काशीनाथ प्रसाई, बुद्धिमान चौहान, मनमाया चौहान, देवीमाया खनाल, चन्द्रलाल सुवेदी, वनवरीलाल अग्रवाल, लक्ष्मीमाया अधिकारी र उमाकान्त श्रीवास्तवलाई सम्मान गरिएको थियो ।

सोही अवसरमा सर्वसम्मत रुपमा पुनः नरेन्द्र अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा वेदप्रकाश वंशल, सचिव ज्ञानेन्द्र अधिकारी, सहसचिव टंक खनाल, कोषाध्यक्ष तारा खनाल तथा सदस्यहरु महानन्द खनाल, लक्ष्मी आचार्य, लीला सुवेदी, बुद्धिमान चौहान, जीवन कार्की र भिमाकुमारी गुरुङ रहेका छन् ।

ज्ञानेन्द्र अधिकारीले आयव्यय विवरण प्रस्तुत गर्दै स्वागत गरेको कार्यक्रममा बिर्तामोड–५ का वडासदस्य दुर्गाप्रसाद सुवेदी, ओमभक्त सेढाई, विष्णुकुमार निरौला लगायतको सहभागिता रहेको कार्यक्रमको सहजीकरण संस्थाका सल्लाहकार डा. चन्द्र शर्मा दुलालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here