विश्व अपाङ्गता दिवसको सान्दर्भिकता

0
10

विश्वभर अपाङ्गता भएका व्यक्तिहरुको अधिकार प्रवद्र्धन गर्ने उद्देश्यले सन् १९७६ मा संयुक्त राष्ट्र संघले गरेको आव्हानमा विश्व अपाङ्गता दिवस मनाउन थालिएको हो । अपाङ्गता भएका व्यक्तिहरुलाई उनीहरुको हक अधिकार सुनिश्चित गर्न, आममानिसमा चेतना विस्तार गर्न, पहिचान, आत्मसम्मान र स्वाभिमानलाई सम्बोधन गर्न त्यही आव्हान अनुरुप सन् १९९३ देखि यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्र संघको आव्हान मुताविक सन् १९८३ मा दश वर्षे विश्व कार्ययोजना लागू गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गराउन सन् १९९२ सम्मको अवधिलाई अन्तर्राष्ट्रिय अपाङ्गता दशकको घोषणा गरिएको थियो ।

अपाङ्गता दिवसका अवसरमा यस वर्षको नारा अपाङ्गता भएका व्यक्तिहरुका लागि र तिनीहरुद्वारा सहश्राब्दी विकास र लक्ष्य प्राप्त गर्न उद्दार एवम् पैरवीमा जुटौं– भन्ने रहेको छ । त्यसै अनुसार अपाङ्गता भएका व्यक्तिहरुको मर्यादा, अधिकार र हितका लागि त्यस सम्बन्धी मुद्दालाई प्रस्तुत गर्दै समर्थन जुटाउने लक्ष्य लिइएको छ । उक्त लक्ष्य प्राप्त गर्न रोजगारी, समानता र समावेशितालाई जोड दिने योजना छ । अपाङ्गता कतिपय अवस्थामा जन्मजात हुन्छ, जो शरीरका कुनै अङ्गको अपूर्णता, श्रवण, बोली वा मस्तिष्क लगायतमा र केही दुर्घटनाजन्य कारणले हुने गर्छ । त्यसैले समाजको विकासमा साङ्गसँगै उनीहरुको सर्वाङ्गिण विकासमा समाज र राज्यले अवसर प्रदान गर्नुपर्छ ।

अपाङ्गता भएका व्यक्तिहरुले हजारौं साङ्गभन्दा उत्कृष्ट सेवा गरेको विश्वमा कैयौं उदाहरण छन् । समान अवसर दिने हो भने अपाङ्गता भएकाहरुले पनि जस्तोसुकै चुनौतीको सामना गर्न सक्छन्, त्यसकै दृष्टान्त हामै्र समाजमा छ । आज विश्वभर नै अपाङ्गता भएका व्यक्तिहरुको क्षमता अभिवृद्धिका लागि सचेतनादेखि प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिँदैछ । यो दिवसले उनीहरुमा आत्मसम्मान बढाउन र समानताको भावना पैदा गर्न सहयोग पु¥याएको छ । त्यसैले उनीहरुलाई क्षमता र अवस्था अनुसारको शिक्षा तथा सिप प्रदान गर्नेतर्फ राज्य गम्भीर हुनुपर्छ । सँगै स्वास्थ्य, रोजगारी लगायतका पूर्वाधारको पहुँच स्थापित गरी सभ्य, समृद्ध राष्ट्र र विश्व निर्माण गर्न सहयोग गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here