सहरेडाँगीमा आयोजित महापुराणमा धर्मावलम्बी घुइँचो

0
14

मेचीनगर ।

झापाको मेचीनगर-१२ सहरेडाँगीस्थित `श्री पञ्चावटी वीरभद्र महाकाली धाम मन्दिर´मा ४ यता संचालित महापुराणमा कथा श्रवणका लागि धर्मावलम्बीको घुइँचो बढेको छ ।

सार्वजनिक मन्दिरको चौतर्फी बिकास गर्ने उद्देश्यले चर्चित भागवत वाचिका राधिका दासीको प्रमुख कथा वाचकत्वमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ धन-धान्यञ्चल महापुराणमा धर्मावलम्बीको घुइँचो बढेको हो ।

बिश्वप्रख्यात एबम् चर्चित भागवत कथा पारायण एबम् भागवत मन्जरी दासीलाई प्रत्यक्ष हेर्दै कथा श्रवण गर्नका लागि झापा र भारतको कालेम्बुङ, कर्सङलगायतबाट धर्मावलम्बीहरु पुराणस्थलमा आउने गरेको आयोजकको भनाई छ ।

आयोजकले ३ हजारबढी कथा श्रवण गर्नका लागि पण्डालस्थल निमाण गरेको छ । उक्त पण्डालस्थालमा १७ गतेदेखि खच्चाखच भरिएको आयोजक समितिका अध्यक्ष तिलकप्रसाद गिरीले जानकारी दिए ।

दैनिक ३/४ हजारको आगमन हुँदै आउने गरेका श्रदालुभक्तजन सोमबार र मंगलबार ६ हजारबढी आगमन भएको अध्यक्ष गिरीको भनाई छ । मंगलबार पुराणस्थलमा नआटेर बाहिरबाटै कथा श्रवण गरेको प्रत्येक दिन आर्थिक दानभेटी सहयोग गर्ने उत्कृष्टलाई प्रमुख अतिथिको रुपमा सम्मान एबम् अभिनन्दन गर्दै आएको सचीव प्रेमराज घिमिरेले जानकारी दिए ।

आयोजकको अपेक्षा अनुसारको आर्थिक सहयोग संकलनकै क्रममा रहेको र सामाजिक एबम् धर्मावलम्बी ब्यक्तित्वले नगद र जिन्सी सहयोग गर्दै आएको तथा बचन दिएको घिमिरेको भनाई छ ।

आयोजकले दिवाकालिन र सन्ध्याकालिन समयमा आगन्तुक धर्मावलम्बीले अतिथि सदन निर्माण गर्ने, धाम मन्दिरलाई घेराबारा र अक्षयकोषको स्थापनाका लागि सामान्य सहयोग, आजीवन सदस्य र सहयोग सम्मानको रुपमा आर्थिक राशी सहयोग पुर्याउँदै आएका छ्न् । पेशा र कार्यब्यस्तताले टाढा भएका स्थानीयले पनि मन्दिरको स्क्यान क्युआरमार्फत रकम सहयोग गर्दैआएको मन्दिरका अध्यक्ष इन्द्रमणी प्रसाईंले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here