विप्लवलाई पक्राउ पुर्जी जारीभए लगत्तै संघर्षको घोषणा

0
10

झापा ।

अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संघर्षको घोषणा गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै विप्लवले अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा संघर्षको घोषणा गरेको हो ।

विज्ञप्तिमा पक्राउ पुर्जी गरिनु गैरकानूनी, अराजक र विध्वंसात्मक कार्य भएको जनाइएको छ । त्यसविरुद्ध मंगलबार मसाल जुलुस प्रदर्शन गर्ने, २० गते बुधबार न्यायाधीशको पुत्ला जलाउने र २१ गते २ बजे देशव्यापी जनप्रदर्शन गर्ने जनाइएको छ । केन्द्रको निति अनुसार नै झापाको दमकमा कसाल जुलुस प्रर्दशन गरेको विप्लव माओवादीका मेची ब्यूरो इन्र्चाज सुमनसिंह सीले जानकारी दिए ।

काठमाडौँ जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर सोमबार महासचिव विप्लवसहित नेताहरू खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’‚ माइला लामा लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको थियो।
राज्यविरुद्धको कसुरमा ४ वर्षअघि दायर मुद्दामा काठमाडौं जिल्ला अदालतले सोमबार पक्राउ पुर्जी जारी गरेको हो । अदालतले सोमबार गोरखापत्रमा सार्वजनिक सूचना जारी गर्दै २०८० साल मंसिर १० गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३) बमोजिम ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको उल्लेख गरेको हो ।

नेकपाकै उपत्यका विशेष ब्यूरो इन्चार्ज माइला लामा(प्रज्वल) र अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्कीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। उनीहरूलाई सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक ३५ दिनभित्र आफूसँग भएको सबुद प्रमाणसहित आफैं उपस्थित हुन भनिएको छ । म्याद गुजारी बसेमा मुद्दा कानुनबमोजिम हुने र पछि उजुरबाजुर नलाग्ने पनि उल्लेख छ ।

२०७६ साल असोज ९ मा उनीहरुविरुद्ध मुद्दा दायर भएको थियो । प्रहरीले उनीहरू फरार भएको भनेपछि अदालतको इजलासले ३५ दिने वारेन्ट जारी गर्न गत १० मंसिरमा आदेश दिएको थियो । त्यसैअनुसार जिल्ला अदालतले सोमबार सूचना निकालेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here