लागूऔषधसहित चार जना पक्राउ

0
17

बिराटनगर ।

झापा र उदयपुरको बिभिन्न स्थानहरुबाट लागूऔषध ब्राउन सुगर र गाँजासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको मेचिनगर नगरपालिका–६ स्थितमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको शिवसताक्षी नगरपालिका–८ का ३५ बर्षीय चन्द्रबहादुर खड्कालाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट दुई ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर फेला पारेकोले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उता उदयपुरको त्रियुगा नगरपालिका–६ स्थितमा ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा लिमचुङबुङ गाउँपालिका–५ का १९ बर्षीय रुपेश कार्की, १९ बर्षीय निर्पन खत्री र चन्दन प्रसाद घिमिरेलाई चार सय ग्राम गाँजा सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here