जनशक्ति साकोसको माइन्यूट प्रमाणीकरण

0
8

विर्तामोड ।

झापाको विर्तामोड–४ स्थित जनशक्ति वचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभा तथा अन्तिम माइन्यूट प्रमाणीकरण कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाको सभाहलमा संस्था सञ्चालक समितिका अध्यक्ष हिमालयप्रसाद कन्दङ्वाको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि झापा जिल्ला वचत संघका वरिष्ठ उपाध्यक्ष तथा सहारा नेपाल साकोसका लेखासुपरीवेक्षण समिति सदस्य उपेन्द्र ओलीले उद्घाटन गरेका थिए ।

कार्यक्रममा सञ्चालक समितिको प्रतिवेदन अध्यक्ष कन्दङ्वाले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार संस्थाको जम्मा शेयरपुँजी दुई करोड ६१ लाख ८५ हजार रुपैयाँ, कूल निक्षेप नौ करोड ४४ लाख ८६ हजार एक सय ५० रुपैयाँ, ऋण लगानी १४ करोड २९ लाख ९५ हजार ५० रुपैयाँ ४५ पैसा रहेको छ ।

त्यसैगरी संस्थाको गतआर्थिक वर्ष ०७९/०८०को जम्मा कूल कारोवार एक अर्व ४२ करोड ३३ लाख ७३ हजार चार सय ८३ रुपैयाँ भएको थियो भने आम्दानी ३ करोड ८ लाख ८२ हजार ६ सय तीन रुपैयाँ ३० पैसा, जम्मा खर्च ३ करोड २ लाख ६७ हजार ६ सय २८ रुपैयाँ र जम्मा नाफा ६ लाख १४ हजार नौ सय ७५ रुपैयाँ रहेको छ ।

त्यस्तै कार्यक्रममा संस्थामा विशेष योगदान पु¥याउने बजार प्रतिनिधि कञ्चन पाण्डे र भीम कुमारी चेम्जोङ्ग, राजगढ सेवाकेन्द्र प्रमुख कञ्चन श्रेष्ठ, आइटी विभाग प्रमुख किरणदीप चेम्जोङ्ग सम्मानित भएका थिए । उनीहरुलाई प्रशंसा पत्र, नगदसहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो । स्वागत संस्थाका उपाध्यक्ष बिष्णुप्रसाद योङ्हाङले गरेको कार्यक्रमको सञ्चालन सचिब मणिराज दंगालले गरेका थिए ।

कार्यक्रममा कर्णाली साकोसका अध्यक्ष टसबहादुर श्रेष्ठ, जिल्ला सहकारी संघ झापाका सदस्य तथा सुगम कृषि साकोसका ढुण्डीराज गुरागाँईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here