कार्यालय प्रमुखहरुलाई झापाका सीडीओको निर्देशन– सूचना नलुकाउनू

0
7

झापा ।

झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बन्धुप्रसाद बाँस्तोलाले सूचना नलुकाउन सरकारी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

तीनदिन अघि मात्र सरुवा भएर झापा आएका प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले शुक्रबार पत्रकारहरूसँग गरेको संक्षिप्त परिचयात्मक कार्यक्रममा कार्यालय प्रमुखहरूलाई यस्तो निर्देशन दिएको बताए

कार्यालय प्रमुख तथा सूचना अधिकारीहरूले सूचना लुकाउने गरेको गुनासाहरू सुनिन्छ । कार्यालयमा हुने गरेका गतिविधिहरूको बारेमा अब सूचना लुकाउन पाइँदैन । ‘त्यसैले बिहीबार कार्यालय प्रमुखहरूसँग बसेको पहिलो बैठकमै बिगतमा जे भए पनि अबदेखि आम नागरिक तथा पत्रकारहरूले मागेको सूचना तत्काल उपलब्ध गराउनुपर्ने निर्णय गरेका छौँ’– प्रजिअ बाँस्तोलाले भने ।

सूचनाको पहुँचबाट कसैलाई पनि वञ्चित हुन नदिन आफू लागीपर्ने बताउँदै प्रजिअ बाँस्तोलाले भने– ‘सूचना अधिकारी नभएको वा नतोकेको कार्यालयहरूले तुरुन्त सूचना अधिकारी नियुक्त गरी सूचना प्रवाह गर्न निर्देशन दिइसकेका छौँ ।’ कार्यालयहरूले सूचना उपलब्ध नगराए वा आनाकानी गरेमा तुरुन्त जानकारी गराउन उनले आग्रह समेत गरेका छन् ।

जिल्लाको शान्ति सुरक्षा पहिलो प्राथमिकता रहेको बताउँदै उनले भने– ‘शान्ति सुरक्षा खलबल्याउने र आपराधिक क्रियाकलाप गर्ने व्यक्तिसँग कुनै सम्झौता हुँदैन, त्यस्ता व्यक्तिलाई पक्राउ गरी कानूनी दायरमा ल्याउँछौँ ।’

जिल्लाको ठप्प बनेका विकास निर्माणका कार्य, हात्ती समस्या, डुबान, कालोबजारी, मिटरब्याजी, लागूऔषध, चोरी तस्करी मुख्य चुनौती रहेको छ । त्यसतर्फ प्रहरी, प्रशासन कटिबद्ध भएर लाग्ने उनको भनाइ छ । ‘आफू विवादित काम नगर्ने र चर्चामा पनि नआउने व्यक्ति हुँ, त्यसैले कानूनी दायरामा रहेर जिल्लाको प्रशासनिक कामकाजलाई अघि बढाउने छु’– उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here