नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाको अध्यक्षमा विनोद सापकोटा

0
8

बिर्तामोड ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला कार्यसमिति झापाको आगामी दुई वर्षका लागि शिवसताक्षीका व्यवसायी विनोद सापकोटा अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

सापकोटा यस अघि उपाध्यक्ष पदमा थिए । १३ वर्षदेखि पुस्तक तथा स्टेशनरीको व्यवसाय गर्दै आएका उनि पत्रकारिता पेसामा पनि क्रियाशील छन् ।

झापाको कनकाईस्थित धनुषकोटी धाममा सोमबार सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सुमन खनाल, उपाध्यक्षद्वयमा खगेन्द्र गौतम र खगेन्द्र सुवेदी, सचिवमा चन्द्र घिमिरे, सहसचिवमा निर्मला भण्डारी र कोषाध्यक्षमा दीपक खतिवडालाई चयन गरेको छ ।

यस्तै सदस्यहरूमा सन्तोष बुढाथोकी, रोशन श्रेष्ठ, दुर्गाप्रसाद घिमिरे, नन्दिकेशर घिमिरे, मनकुमार चौलागाई, जीवन सुवेदी र तीर्थ काफ्लेलाई चयन गरेको छ ।

यसअघिको उद्घाटन सत्र सञ्जय सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष संजीव सत्यालले पुस्तक तथा स्टेशनरीको व्यापार सम्मानित र शिक्षित वर्गको व्यवसाय भएको बताए । ‘अन्य व्यापार व्यवसायको भन्दा पुस्तक तथा स्टेशनरीको व्यवसाय पृथक छ,’ उनले भने ।

कार्यक्रममा केन्द्रीय सदस्य रविन बराल, कोशी प्रदेशका उपाध्यक्ष जीवन नेपाल, पूर्व केन्द्रीय उपाध्यक्ष मातृका शिवाकोटी, पूर्व झापा अध्यक्ष समेत रहेका अधिवक्ता फणिन्द्र न्यौपानेलगायतले आ–आफ्ना धारणा राखेका थिए ।

सहसचिव दीपक खतिवडाले सञ्चालन गरेको कार्यक्रमको स्वागत विनोद सापकोटा र संघको सांगठनिक प्रतिवेदन संजय सापकोटाले प्रस्तुत गरेका थिए । यस्तै आर्थिक प्रतिवेदन कोषाध्यक्ष चन्द्र घिमिरेले प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here