कर्मणी साकोस को ७ औं वार्षिक साधारण सभा सम्पन्न

0
8

कमल ।

कर्मणी बचत तथा ऋण सहकारी संस्थाको आज ७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । झापाको कमल गाउँपालिका ३ केर्खामा कार्यालय रहेको सहकारीको साधारण सभाको कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले पानस बत्ती बालेर सभाको उद्घाटन गर्नुका साथै संस्थाको नयाँ कार्यलय भवनको समेत रिबन काटेर उद्घघाट्न गर्नु भएको थियो ।

२०७४ सालमा २८ जना शेयर सदस्य बाट १ लाख ४० हजार रुपैयाँको शेयर बाट सुर भएको सहकारीमा हाल एक हजार १६ जना सदस्य छन् भने कुल १ करोड ८१ लाख ९१ हजार कारोबार गनै सफल भएको अध्यक्ष त्रिलोचन गौतम द्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कर्मशील हातहरुको समृद्धिको लागी सक्षम सहकारी भन्ने दुरदृष्टि लिएर सञ्चालन भै रहेको सहकारीले समुदायको दिगो विकासमा टेवा पुर्याउनका लागि सस्था आत्मनिर्भर बनाई वर्तमान प्रविधिको उच्चतम् प्रयोग गर्दै सदस्यलाई सेवा प्रवाह गरिरहेको अध्यक्ष गौतम द्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कोभिडको समयमा बैंकले भन्दा सहकारीले सदस्यलाई फाइदा पुर्याको स्मरण गर्दै सहकारीको सम्पूर्ण गतिविधिमा सदस्यले चासो दिनु पर्ने कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताउनुभयो । सदस्यहरू साधारण सभामा उपस्थित हुने मात्र होईन सभामा पेश गरेका प्रतिवेदनमाथि हुबहु पास गर्नु भन्दा पहिले गहन रुपमा अध्यन गरेर त्यसमाथी भएका कुरामा थपगट गर्ने अधिकार सदस्यको रहेको उपाध्यक्ष न्यौपानेले बताउनुभयो ।

कमल गाउँपालिका ३ नम्बर वडा अध्यक्ष अग्नि प्रसाद कोइरालाले बताउनु भयो । संस्थामा सदस्य वृद्धिले मात्र सस्था मजबुत हुँदैन सस्था मजबुत हुनका लागी शेयर पुजिँ बुद्धिहुन आवश्यक छ । संस्थाको अवस्था कस्तो हुदैछ भनेर सदस्यले चासो दिन आवश्यक हुन्छ । सञ्चालक भरमा मात्र सस्था सञ्चालन गर्न दिन संस्थामा समस्या आउने भएकोले यस तर्फ सदस्यले बेलैमा चासोदिन आवश्यक रहेको कमल गाउँपालिका ३ नम्बर वडा अध्यक्ष अग्नि प्रसाद कोइरालाले बताउनु भयो ।

त्यस्तै सस्था द्वारा सञ्चालन गरिएका विभिन्न कार्यक्रममा सहभागी भै उत्कृष्ट हुनु भएका शेयर सदस्यलाई साधारण सभाको अवसरमा सम्मान तथा पुरस्कृत गरिएको थियो । यसरी पुरस्कृत हुनुहुनेमा व्यक्तिगत न्युन बचत तर्फ दुर्गा प्रसाद पोख्रेल,साधारण बचत तर्फ सन्तोस गामी,कर्मणी नियमित बचत तर्फ सुनिता सुब्बा,कर्मणी पेन्सन बचत तर्फ उर्मिला राई,बाल बचत तर्फ आयुश विष्ट,खुत्रेके बचत तर्फ कविता सेलेहिम, जेष्ठ नागरी बचत तर्फ साङ्गमाला तामाङ्ग र उत्कृष्ट कर्जा तर्फ बम बहादुर फ्याकलाई प्रमुख अतिथि र विशिष्ट अतिथि बाट सम्मान तथा पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा कमल गाउँपालिका स्तरीय सहकारी समन्वय समितिका अध्यक्ष शरणकुमार पराजुलीले समय परिस्थिति र बजारको माग अनुसार सञ्चालन भएका सहकारी मात्र अहिले को अवस्थामा टिकी रहेको बताउनु भयो । कार्यक्रममा केर्खा बजार व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद दाहाल, सानो केर्खा टोल विकास संस्थाका अध्यक्ष लालप्रसाद बोखिम, कमल उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्र अधिकारी, समाजसेवी कुमार खतिवडा लगायतको उपस्थिति रहेको थियो ।

संस्थाका सचिव लेखनाथ सुवेदीले सञ्चालन गर्नु भएको कार्यक्रममा अतिथिलाई संस्थाका सदस्य दुर्गाप्रसाद बनियाले स्वगत गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here