नेराशिसंको दोस्रो कोशी प्रदेश अधिवेशन शुरु

0
7

तीर्थराज खरेल ,
बिराटनगर।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कोशी प्रदेशको दोस्रो अधिवेशन शुरु भएको छ ।

बिराटनगरस्थित कञ्चनजङ्घा पार्टी प्यालेस पाञ्चालीमा शुरु भएको द्विदिवसीय अधिवेशनमा प्रदेश समिति अध्यक्ष दण्डपाणि भट्टराईको अध्यक्षता र राष्ट्रिय समिति अध्यक्ष विष्णुप्रसाद भण्डारीको प्रमुख आतिथ्य रहेको थियो ।

अधिवेशनको उद्घाटन सत्रमा विशेष अतिथि एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, नेराशिसं राष्ट्रिय उपाध्यक्षद्वय कमला थापा र सूर्यबहादुर दाहाल, महासचिव हंसबहादुर शाही, राष्ट्रिय समिति सल्लाहकार ज्ञानेश्वर राई, नेपाल शिक्षक सङ्घ कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चम्लागाईं, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन कोशी प्रदेश अध्यक्ष भोजराज न्यौपाने, नेपाल विद्यालय कर्मचारी परिषद् कोशी अध्यक्ष मौसम श्रेष्ठ, प्रगतिशील राष्ट्रिय शिक्षक सङ्गठन कोशी अध्यक्ष कमल तिम्सिना, पेशागत महासंघका केन्द्रीय सदस्य भोला पोखरेल, सम्मानित व्यक्तित्वहरू बानियाँ, शर्मा र भट्टराईले शुभकामना मन्तव्य राखेका थिए ।

शिक्षक आन्दोलनमा निर्वाह गरेको अत्युच्च भूमिकाको मूल्याङ्कन गर्दै एकराज भट्टराई (मोरङ), हरिचरण बानियाँ (झापा) र कुन्ता शर्मा चम्लागाईं (सुनसरी) लाई दोसल्ला, अबिर र सम्मान पत्रले सम्मान गरिएको थियोे । उनीहरूले नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको स्थापना, विकास र सुदृढीकरणमा अग्रणी भूमिका खेलेकोमा प्रशंसासहित सम्मान गरिएको हो ।

कार्यक्रममा शिक्षक नेताहरू नारायणप्रसाद गौतम, धर्मानन्द खरेल, पीतकुमार श्रेष्ठ, वेणु काफ्ले, बुद्धिमान कार्की, राजाराम राई, रीता पाठक लगायतको आतिथ्य रहेको थियो । अधिवेशनमा कोशी प्रदेशका १४ जिल्लाका १ सय ३७ पालिकाबाट ५ सय १० प्रतिनिधि शिक्षकहरूको सहभागिता रहेको झापाका अधिवेशन प्रतिनिधि गोपीकृष्ण भट्टराईले जानकारी दिए । शनिबार अधिवेशनले ३ वर्षे कार्यकालका लागि नयाँ कोशी प्रदेश कार्यसमिति र लेखा समिति चयन गर्नेछ ।

वर्तमान कोशी उपाध्यक्ष सरिता तामाङले स्वागत मन्तव्य राखेको कार्यक्रम प्रदेश समिति सचिव रघुनाथ मिश्रले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here