शिक्षासेवी स्व.हरिकुमार प्रसाईसहित पितृहरुको मोक्ष प्राप्तिका लागि महापुराण

0
11

बिर्तामोड ।

न्यूटन्स एजुकेशन एकाडेमीका संस्थापक तथा शिक्षासेवी स्व.हरिकुमार प्रसाईसहित समस्त शाण्डिल्य गोत्रिय पितृहरुको मोक्ष प्राप्तिको कामना गर्दै प्रसाई परिवारले महापुराण आयोजना गरेका छन् ।

झापा बिर्तामोड–५ का प्रसाई परिवारले गत पौष ८ देखि १४ गतेसम्म सवैको आत्मकल्याणका लागि श्रीमद्भागवत सप्ताह महापुराणको आयोजना गरेको स्व. प्रसाईकी धर्मपत्नी धर्मा प्रसाईले जानकारी दिइन् ।

महापुराणमा प्रमुख कथा बाचक आचार्य पं. कमल रिजालबाट संगीतमय श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको कथा प्रवचन र केशव रिजालबाट श्रीमद्भागवत मुल पाठ पारायण भइरहेको न्यूटन्स एजुकेशन एकाडेमीका प्रिन्सिपल देबेन्द्र हुमागाईले जानकारी दिए ।

गत पुस ८ गतेबाट प्रसाई निवास बिर्तामोड–५ मा भइरहेको महापुराण भोली शनिवार सम्पन्न हुने न्यूटन्स एजुकेशन एकाडेमीका प्रिन्सिपल हुमागाईले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here