विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई तालिम

0
17

माई, इलाम l

“समावेशी र सीपमूलक शिक्षा :स्वदेशमै युवा राष्ट्रको ईच्छा” भन्ने नाराका साथ सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको क्षमता विकास तालिम मंगलवार माईमा सम्पन्न भएको छ।

माई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न २ दिने तालिम समापन कार्यक्रममा माई नगरपालिका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र विश्वकर्माले तालिमवाट सहभागीहरुले विद्यालय ब्यवस्थापनको सैद्धान्तिक, कानुनी र प्राविधिक विषयको जानकारी प्राप्त रहेको विश्वास लिएको जानकारी दिनुभयो।

वहाँले एउटा विऊ रोक्यो भने त्यसले फल दिन्छ भन्नु हुदै नियमित ब्यबस्थापन समितिको बैठक तथा आफ्नो अपनत्व लिदै दिनको एक पटक बिद्यालय निस्किदिन सहभागीलाई आग्रह गर्नु भएको छ।

माई नगरपालिका भित्रका ४४ वटा सामुदायिक विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी सहभागी रहेको तालिमलाई शिक्षा शाखा प्रमुख सिता लावती र शाखाका केशव खनालले सहजीकरण गर्नु भएको थियो। तालिम समापन कार्यक्रममा सहभागीको तर्फबाट चक्र कटुवाल र कल्पना बिश्वकर्माले तालिम महत्वपूर्ण रहेको विचार राख्नु भएको थियो। तालिमको व्यबस्थापन शाखाका इन्द्र कुमारी लिम्बु र निरुता थापाले गर्नु भएको जनाईएको छ।

माई नगरपालिका भित्र सामुदायिक बिद्यालय माध्यामिक विद्यालय १ देखी १० सम्म १० वटा आधारभुत तह १देखी ८ सम्म ५ वटा, १ देखी ५ सम्म २२ वटा र कक्षा १देखी ३ सम्म ७ वटा गरी जम्मा ४४ वटा रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here