कानेपोखरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

0
5

पथरीशनिश्चरे ।

मोरङको कानेपोखरीमा तीन जना सवार मोटरसाइकललाई बोलेरो पिकअप गाडीले ठक्कर दिँदा मंगलबार साँझ दुर्घटना भएको छ ।

सडक क्रस गर्ने क्रममा ग ३ च १६५ नम्बरको बोलेरोले प्रदेश १–०५–००१ प ६५६१ नम्बरको मोटरसाइकललाई साँझ ७ः२० बजेतिर ठक्कर दिएको हो ।दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडि सवार रहेका दुई जना गम्भीर घाइते भएका छन् ।

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी गणेश श्रेष्ठले जानकारी दिएका छन्। दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको कञ्चनरुप नगरपालिका–५ का १८ वर्षीय कृष्णदेव चौधरीको मृत्यु भएको श्रेष्ठले बताए ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पुर्याउनसाथ राति ८ः१५ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार कञ्चनरुप–५ का १८ वर्षीय श्यामनन्द चौधरी र १९ वर्षीय विशाल चौधरी घाइते भएको डीएसपी श्रेष्ठले बताए ।

गम्भीर अवस्थाका दुवै घाइतेको नोबेल अस्पतालमै उपचार भइरहेको छ । बोलेरो चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मोटरसाइकलमा समेत तीन जना सवार थिए ।

पश्चिमबाट पूर्व आई दक्षिणतर्फ जानका लागि बाटो क्रस गर्दै गरेको बोलेरोले दक्षिणबाट उत्तर आई पश्चिमतर्फ जान खोज्दै गरेको अवस्थामा मोटरसाइकललाई ठक्कर दिएको प्रहरीको भनाइ छ । दुर्घटना गराएपछि फरार बनेको बोलेरो र चालक सप्तरी कंकालीका ३४ वर्षीय विनोद शर्मालाई इलाका प्रहरी कार्यालय रंगेलीले बुधबार बिहान नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा परेर बोलेरो र मोटरसाइकलमा समेत क्षति पुगेको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here