भानु माविको ६४ औं वार्षिकोत्सव

0
9

बिर्तामोड ।

भानु माध्यमिक विद्यालय अर्जुनधारा–५ ले ६४ औं वार्षिक उत्सव मनाएको छ ।

कार्यक्रममा वार्षिक प्रतिवेदन प्रधानाध्यापक रुपक दाहालले प्रस्तुत गरेका थिए । प्रतिवेदनमा विद्यालयका संस्थापक स्व. अमरबहादुर खड्का, स्व. ज्ञानुराम भट्टराई, महेन्द्र भण्डारी, भीमबहादुर खड्का, पूर्व प्रधानाध्यापक ताराप्रसाद सन्जेल लगायतको योगदान बारे चर्चा गरेका थिए ।

कार्यक्रममा दिर्घसेवा गरेवापत शिक्षक भीमप्रसाद उप्रेती र सीतादेवी खनाल साथै वर्ष उत्कृष्ट शिक्षकका रुपमा देवीप्रसाद गौतमलाई नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा शैक्षिक सत्र २०७९ का एसईई उत्कृष्ट विद्यार्थी अन्क श्रेष्ठ र निहारिका पोख्रेललाई देवी तुलसा खड्का स्मृति अक्षयकोषबाट १० हजार नगदसहित सम्मान गरिएको थियोे ।

पुरुषोत्तम स्मृति अक्षयकोषबाट नगद १० हजारसहित कक्षा ११ की उत्कृष्ट विद्यार्थी संरचना सिटौला, लालनाथ–जशोदा चौहान स्मृति अक्षयकोषबाट कक्षा १२ की उत्कृष्ट विद्यार्थी देवी लिङ्गदेन र पूजा मैनालीलाई नगद सात हजार पाँच सय एक रुपैयाँसहित सम्मान गरिएको थियो ।

त्यसैगरी जगन्नाथ तिलकुमारी खतिवडा स्मृति अक्षयकोषबाट कक्षा ९ का सुरज ढुंगानालाई सात हजार पाँच सय एकसहित सम्मान, तुलसी राममाया अधिकारी स्मृति अक्षयकोषबाट कक्षा ५ का सौरब मोक्तानलाई नगद सात हजार पाँच सय एकसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा वडाध्यक्ष गीताराज खड्का, विद्यालयका पूर्व अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की, लक्ष्मण खतिवडा, बिनोद बस्नेत, युवराज खडका, प्रशान्त भण्डारी, राजेन्द्र चौलागाँईं, गणेश खड्का, सुवास खडका, मातृकाप्रसाद कोइराला लगायतले शुभकामना व्यक्त गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीदेवी न्यौपाने (सरु)को अध्यक्षता एवम् अर्जुनधारा नगरपालिका उपप्रमुख खड्कमाया पराजुलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन शिक्षक पुन्य सुवेदीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here