जलेश्वर सामुदायिक केन्द्रद्वारा कानुनी साक्षरता तालिम शुरु

0
11

अर्जुनधारा।

झापाको अर्जुनधारा–८ स्थित जलेश्वर सामुदायिक सिकाइ केन्द्रको आयोजनामा दुई दिने कानुनी साक्षरता तालिम आइतबारदेखि शुरु भएको छ ।

ललितपुरस्थित टेवा नेपालको आर्थिक सहयोगमा आयोजित उक्त तालिम दलित महिला सदस्यहरुलाई कानुनी साक्षरता बारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको केन्द्रकी अध्यक्ष पुनम सुवेदीले बताइन् ।

स्थानीय जलेश्वर स्वावलम्वन समाजको सभाहलमा सञ्चालन सहजकर्ता कोशी प्रदेश रोष्टर ट्रेनर अरुणा चौधरीले सहजिकरण गर्ने तालिममा २५ जना महिलाको सहभागिता रहेको केन्द्रकी सचिव इन्दिरा दाहालले जानकारी दिइन् ।

नारी चेतना समूहकी अध्यक्ष पम्फादेवी विश्वकर्माले टेवा नेपालको गतिविधि बारे जानकारी गराएको कार्यक्रममा नगर कार्यपालिका सदस्य कौशिलाल परियार, केन्द्रका संस्थापक अध्यक्ष कुमार भट्टराईलगायतले मन्तव्य राखेका थिए ।

केन्द्रका अध्यक्ष सुवेदीले औचित्य तथा सदस्य अनिता उप्रेतीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव दाहालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here