‘नेराशिस’मा रायमाझी

0
6

सुरुङ्गा ।

नेपाल राष्ट्रिय शिक्षक संगठनको कनकाई नगर समिति ज्ञानबहादुर रायमाझीको अध्यक्षतामा सर्वसम्मत गठन भएको छ ।

संगठनको तेस्रो नगर अधिवेशनबाट गठित समितिको उपाध्यक्षद्वयमा नारायणप्रसाद अधिकारी र तारादेवी सुवेदी (पौडेल), सचिवमा सोमनाथ सिटौला (सुमन), सहसचिवमा हेमन्तिका उप्रेती, कोषाध्यक्षमा कर्णबहादुर डाँगी र सहकोषाध्यक्षमा मञ्जु खनाल (उप्रेती) चयन भएका छन् ।

३३ सदस्यीय समितिको सदस्यमा वीरेन्द्र ओली, लोकेन्द्रराज दाहाल, शारदा कार्की, सुशिल मिश्र, भुवन कार्की, पारसमणि खरेल, उर्मिला कोइराला, भीमप्रसाद अधिकारी, किशोर महत, रामबहादुर चौधरी, देउकुमारी रुचाल, रमेशकुमार राई रहेका छन् । बाँकी अन्य सदस्यको चयन समितिको पहिलो बैठकबाट गरिने नवनिर्वाचित अध्यक्ष रायमाझीले जानकारी दिए ।

त्यसैगरी, अधिवेशनबाट जिल्ला अधिवेशन प्रतिनिधिहरुको पनि चयन गरिएको छ । जिल्ला अधिवेशन प्रतिनिधिहरुमा हरिप्रसाद तिम्सिना, खेमराज भट्टराई, गोपीकृष्ण भट्टराई, जनार्दन पोखरेल, दिलिपकुमार खतिवडा, भोलानाथ ढुंगेल, सुशीला सुवेदी, संगीता उप्रेती, चन्द्रप्रसाद पोखरेल, कृष्णप्रसाद गौतम, विष्णुकान्त न्यौपाने, मेनुकादेवी तिम्सिना, अम्बिकाप्रसाद रिजाल, रीतादेवी घिमिरे र मोतीबहादुर बुढाथोकी चयन भएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय समिति सदस्य बुद्धिमान कार्कीको प्रमुख आतिथ्य र शिक्षक हित साकोसका अध्यक्ष नारायणप्रसाद गौतमको विशेष आतिथ्यमा भएको कार्यक्रममा शिक्षक नेताहरु भक्तिप्रसाद संग्रौला, हरिबहादुर कटुवाल र हरिप्रसाद तिम्सिनालाई शिक्षक संगठनको विस्तार र श्रीवृद्धिमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनको कोशी प्रदेश उपाध्यक्ष अम्बिका खवास, झापा अध्यक्ष द्रोण श्रेष्ठ, एकीकृत अखिल नेपाल शिक्षक संगठन कनकाई नगर अध्यक्ष डिल्लीराम चापागाँई परदेशी, नेपाल शिक्षक महासंघ कनकाई नगर अध्यक्ष शारदा पाठक लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नयाँ समिति गठन गर्न डम्बरप्रसाद फुयाँलको संयोजकत्वमा पुण्य सुवेदी र बेनुप्रकाश कार्की रहेको निर्वाचन समिति र मन्दिरा सुवेदीको संयोजकत्वमा हीरा पराजुली, तिलक गजमेर, चन्द्रविनोद कोइराला र हरिप्रसाद तिम्सिना रहेको अध्यक्ष मण्डल गठन गरिएको थियो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन कनकाई नगर अध्यक्ष गोपीकृष्ण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम सचिव चन्द्रप्रसाद पोखरेलले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here