अर्जुनधारामा मकैको खोसेलाबाट डोरम्याट बनाउने तालिम शुरु

0
13

अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका अन्र्तगत महिला तथा बालबालिका शाखाको आयोजनामा सोमबारदेखि मकैको खोसेलाबाट डोरम्याट बनाउने सम्बन्धी १२ दिने तालिम शुरु भएको छ ।

स्थानीयस्तरमा रहेका महिलाहरुलाई सीप प्रदान गरि आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको शाखाकी प्रमुख सूर्यमाला लिम्बूले बताइन् ।

अर्जुनधारा–११स्थित बसपार्क क्षेत्रको सभाहलमा आयोजित उक्त तालिममा सहजकर्ताद्वय सन्तोषकुमार श्रेष्ठ र उर्मिला रसाइलीले सहजिकरण गर्ने छन् ।

तालिममा अर्जुनधारा–६ र ११ नं. वडाका २४ जना प्रशिक्षार्थीको सहभागिता रहेको शाखाकी सहायक शान्ति गड्तौलाले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here