परिमार्जित पाठ्यक्रम प्रबोधिकरण तालिम

0
23

बिर्तामोड।

शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधारा नगरपालिकाको आयोजनामा परिमार्जित पाठ्यक्रम प्रबोधिकरण सम्बन्धी दुई दिवसीय शिक्षक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

आधारभूत तथा माध्यमिक तह ५, ८ र १० कक्षाको विषयगत शिक्षक एवम् आधारभूत तहका प्रधानाध्यापकसहित ५४ जना सहभागी शिक्षकहरुलाई परिमार्जित पाठयक्रम सम्बन्धी अभिमुखी एवम् सहजीकरण गरिएको थियो ।

विषयगत क्षेत्र, पाठयपुस्तक तथा पाठ्य सामग्रीको प्रयोग, पाठ्य घण्टा, कार्य घण्टा, बिशिष्टिकरण तालिका अनुसार प्रश्नपत्र निर्माण गर्ने, अक्षराङ्कन पद्धति अनुरुप विद्यार्थीको सिकाइ उपलब्धि प्रमाणीकरण गरिने सम्बन्धी छलफलसहित नमूना प्रश्नपत्र निर्माण र प्रस्तुतिकरण समेत तालिममा गरिएको थियो ।

शिक्षकले पाठयक्रम, पाठयपुस्तक र शिक्षक निर्देशिकाको अनिवार्य अध्ययन गर्नुपर्नेमा नगर शिक्षा प्रमुख एवम् उपसचिव तोयानाथ रेग्मीले बताए । त्यस्तै इन्टरनेटको सहयोग र डिजिटल माध्यमबाट विद्यार्थीको रुची अनुसार अध्ययन गराउनुपर्नेमा यो परिमार्जित पाठ्यक्रमले सहजता गराउने र विश्व शिक्षासँग मेल गराउने शिक्षक सदैव अध्ययनशील रहने र यस्ता तालिमले शिक्षकलाइ अझ सक्षमता बनाउनेमा विस्वस्त रहेको विशिष्ट अतिथि शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार विकले बताए ।

गुणस्तरीय शिक्षाको स्तरमा गिरावट आउँदै गरेको यो अवस्थामा अभिभावक एवम् विद्यार्थीहरुको चाहना अनुसार समयसापेक्ष शिक्षण सिकाइ, शिक्षक समेत प्रविधि एवम् समयानुकूल विकसित हुँदै जानुपर्ने र केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी अनुरुप हाल धेरै सामुदायिक विद्यालयहरुले गुणस्तरीय शिक्षासहित नमूना विद्यालय बनेको र यस्ता विद्यालयहरु देखिन थालेको प्रमुख अतिथि अर्जुनधारा नगर उपप्रमुख खड्गमाया पराजुलीले बताइन् ।

कार्यक्रमको सहजीकरण सूर्यप्रसाद सापकोटा, रुपक दाहाल, निर्मला पोख्रेल, सुरेन्द्र दाहाल, पर्शुराम भट्टराईले गरेका थिए । तालिमको समापनमा सहभागी प्रशिक्षार्थीहरु सुजाता शिवाकोटी, रेखा उपाध्याय, खेम रेग्मी सहजकर्ता पर्शुराम भट्टराई, निर्मला पोख्रेल लगायतले तालिम उपयोगी र फलदायी रहेको भन्दै आयोजक शिक्षा शाखालाई धन्यवाद दिएका थिए ।

शिक्षा शाखा अधिकृत सुनिता भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्राविधिक सहायक समिरा दाहालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here