प्रअ विदाइसहित महेन्द्रज्योतिको वार्षिकोत्सव सम्पन्न

0
9

बिर्तामोड ।

बिर्तामोड नगरपालिका -१०,सैनिकबजारस्थित महेन्द्र-ज्योति माद्यामिक विद्यालयको ५७औं वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।

खेलकूद प्रतियोगिता,सांस्कृतिक कार्यक्रम,सम्मान, शिक्षक विदाइसहित विद्यालयको ५७ अौं वार्षिकोत्सव सम्पन्न भएको हो। विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्योधन गुरुङको अध्यक्षता तथा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अन्तर सदनात्मक गीत, नृत्य तथा खेलकूद प्रतियोगिताका विजयी एवम् गत शैक्षिक सत्रको वार्षिक परीक्षामा कक्षागतरुपमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो। प्रतियोगितामा धौलागिरी, सगरमाथा र अन्नपूर्ण सदन क्रमशः प्रथम,द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका थिए।

विद्यालयका प्रधानाध्यापक जयकुमार झाले विद्यालयको गतिविधिसहित प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा शान्ति-धन छात्रवृत्ति कोषको रकम दाता परिवारको तर्फबाट नरेश सुब्बा र किरण सुब्बाले रु.तीन हजारको दरले १० जना विद्यार्थीलाई प्रदान गरेका थिए। त्यस्तै पवित्रा पौडेल स्मृति छात्रवृत्ति कोषका दाता अम्बिका पौडेलले नगद ५/५ हजारका दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेकी थिइन्।

यसैविच विद्यालयका निवृत प्रअ प्रेमबहादुर लिम्बूलाई सम्मानसहित विदाइ गरिएको छ। वि.स. २०५२ साल चैतदेखि यस विद्यालयमा शिक्षण पेशामा प्रवेश गरेका उनलाई गत २०८० वैशाख १७ गते अनिवार्य अवकास प्राप्त भएको थियो। त्यस्तै निवृत कर्मचारी कार्यालय सहयोगी आइतबहादुर तुम्रोक र स्थान्तरण भएकी शिक्षक मिरा शर्मा घिमिरेलाई सम्मानसहित विदाइ गरिएको छ। उनीहरुलाई प्रमुख अतिथि,बिशिष्ठ अतिथि,प्रअलगायतले सम्मानपत्र, दोसल्ला,फूलमाला, मायोको चिनो प्रदान गर्दै विदाई गरेका थिए।

सोही अवसरमा पूर्व विव्यस अध्यक्ष शालिकराम पाठक (मरणोपरान्त) की श्रीमती शशीकला पाठक,उत्कृष्ट शिक्षक महेश्वर कार्की,पूर्व विव्यस सदस्य तथा चमरधाप प्राविका विव्यस अध्यक्ष रिमानध्वज लोक्ताम, पूर्व विव्यस अध्यक्ष रामदर्शन गुरुङ तथा छात्रवृत्ति कोषका दाता अम्बिका पौडेलललगायतलाई सम्मान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाई,उपप्रमुख नगेन्द्र संग्रौला, नगर शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, नेपाल शिक्षक महासंघ कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चौलागाईं, शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख राजकुमार विक, नेपाल शिक्षक युनियनका संस्थापक अध्यक्ष नारायणप्रसाद गौतम, निवर्तमान प्रअ लिम्बूलगायतले शुभकामना मन्तव्य राखेका थिए।

विद्यालयका सहायक प्रधानाध्यापक भवानी शिवाकोटीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षकद्वय बीरेन्द्र कडरिया र सरस्वती दाहालले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here