शैक्षिक गुणस्तर सुधार गर्न विशेष योजना शुभारम्भ

0
12

झापा ।

बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ ले सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विशेष याेजना सुभारम्भ गरेकाे छ ।

सामुदायिक बिद्यालयका कमजाेर विद्यार्थीका लागि टाेलटाेलमा क्लोज क्याम्प शुरू गरेकाे हाे । क्लोज क्याम्प वडाका विभिन्न ९ ठाउँमा हुनेछन् । वडाकाे नमूना आधारभूत बिद्यालयले क्लोज क्याम्प आजबाट शुरू गरेकाे छ भने बाँकी दुई सामुदायिक बिद्यालयले क्याम्प संचालनको तयारी गरेका छन् ।

क्लोज क्याम्पका लागि वडाका तीनवटै बिद्यालयलाई वडाले बजेट विनियोजन गरेकाे छ । क्याम्प कम्तीमा २ महिना संचालन हुने वडाध्यक्ष अनिल वाग्लेले बताउनु भयाे । अङ्ग्रेजी, गणित र बिज्ञान विषयमा कमजाेर देखिएका आधारभूत तहका विद्यार्थीलाई क्याम्पमा राखेर शिकाई उपलब्धि हासिल गर्ने याेजनाका साथ वडाले बजेट विनियाेजन गरेको वडाध्यक्ष वाग्लेको भनाइ छ ।
उहाँले याेजनाले ९ जनालाई अल्पकालीन राेजगारी सृजना गरिएको पनि जानकारी दिनुभयो । सामुदायिक बिद्यलयका धेरै विद्यार्थीका अभिभावक अर्थिक रूपमा कमजोर भएकाे र त्यस्ता विद्यार्थीका लागि जनप्रतिनिधिले नै अभिभावकत्व ग्रहण गर्नुपर्ने वडाध्यक्ष वाग्लेको बुझाई छ ।

विद्यालय व्यबस्थापन समितिका अध्यक्ष विरेन्द्र कुमार घतानीले वडाले शिक्षामा गरेको लगानी सह्रानीय भएको बताउँदै आगामी दिनमा समेत यस्ता किसिमका कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरेका थिए । उनले राज्यको लगानी यसरी सही ठाउँमा सदुपयोग भएकाले अभिभावकले आफ्ना छोराछोरीलाई उक्त कक्षामा नियमित गराउन समेत आग्रह गरेका छन् ।

विद्यालय व्यबस्थापन समितिका अध्यक्ष घतानीको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडासदस्य लक्ष्मी कडेल, मोहन कुमार राई, शिक्षक अभिभावकसंघका अध्यक्ष लेखनाथ खतिवडा, सूर्यादन टेलिभिजनका प्रधान सम्पादक उमाकान्त खनाल, बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिना लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रधानाध्यापक गायत्रा ढुंगेलले गरेकी थिईन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here