संस्कार युक्त शिक्षा आजको आवश्यकता–अध्यक्ष फागो

0
20

अर्जुनधारा ।

संस्कारयुक्त शिक्षा आजको आवश्यकता भएको निजी तथा आवासिय विद्यालय संगठन(प्याब्सन) झापाका अध्यक्ष गौरीमान फागोले बताए ।

प्याबसन अर्जुनधाराको आयोजना र काठमाण्डौंस्थित वेदान्त पब्लिकेशन प्रा.लि.को सहकार्यमा झापाको बिर्तामोडमा मंगलबार आयोजित सामाजिक अध्ययन अध्यापन गर्ने शिक्षकहरुबिचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका अध्यक्ष फागोले संस्कारसहितको शिक्षाले मात्र समाजमा सकारात्मक परिवर्तन ल्याउने दावी गरे । सहजकर्ता लेखक एवम् रोष्टर ट्रेनर सूर्यबहादुर गुरुङले सहजिकरण गरेको उक्त कार्यक्रममा ३५ जना बढी शिक्षकको सहभागिता रहेको प्याब्सन अर्जुनधाराका उपाध्यक्ष कुमार रायाले जानकारी दिए ।

प्याब्सनका अध्यक्ष रुद्रप्रसाद सिटौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा पब्लिकेशनका मार्केटीङ डाइरेक्टर मनोजकुमार रेग्मीलगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा प्याब्सन झापाका सल्लाहकार प्रभुकुमार श्रेष्ठ, उपाध्यक्ष टीकाराम गौतम, पब्लिकेशन मेचीका सिनीयर मार्केटीङ अफिसर मिलन चापागाईंलगायतको आतिथ्यता रहेको थियो ।

प्याब्सनका उपाध्यक्ष रायाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव राजेशकुमार आचार्यले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here