वंशल रेडिमेट सेन्टरका सञ्चालक राम विलासको निधन

0
14

झापा,  मारवाडी सेवा समिति बिर्तामोडका सदस्य तथा वंशल रेडिमेट सेन्टरका सञ्चालक राम विलास वंशलको निधन भएको छ ।
लामो समयदेखि झापाको बिर्तामोडका व्यवसाय गर्दै आएका वंशलको शुक्रवार १०१ वर्षको उमेरमा निधन भएको हो । सन १९७९ साल साउन २२ गते जन्मिएका वंशल सामाजिक कार्यमा समेत सक्रिय रहेका थिए ।
स्व. वंशलका छोराहरु हरि किसन बंशल, सज्जन बंसल (स्व) राम अवतार बंशल, राजु बंशल, रतन बंसल (स्व), मनोज बंशल र छोरी मीना अग्रवाल रहेका छन् ।
वंशलको निधन प्रति मारवाडी सेवा समिति बिर्तामोडले दुःखको क्षणमा रहेका वंशल परिवारमा समवेदना व्यक्त गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here