विश्वकर्मा सेवा समाजको तेस्रो बार्षिक सभा

0
9

सुरुङ्गा ।

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ६ को विश्वकर्मा सेवा समाजले तेस्रो बार्षिक साधारणसभा गरेको छ ।

कनकाई नगरस्थित पर्यटकीय स्थल जामुनवारी सिमसार क्षेत्रमा सोमवार समाजले साधारणसभा गरेको हो । समाजका अध्यक्ष टंक शंकरको अध्यक्षतामा भएको कार्यक्रममा विश्वकर्मा एकता समाज झापाका अध्यक्ष राम ल्वागुनको प्रमुख आतिथ्य रहेको समाजका उपाध्यक्ष विष्णु शंकरले जानकारी दिए ।

स्वागत समाजका सह–सचिव राजन लाम्गादेले गरेको कार्यक्रममा प्रमुख अतिथि ल्वागुन, राष्ट्रिय दलित आयोगका पूर्व सदस्य टेकबहादुर शंकर, समाजका उपाध्यक्ष बिष्णु शंकरलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव दुर्गाबहादुर विकले गरेका थिए ।

दलित समुदायको उत्थानका लागि २०७६ सालमा स्थापना भएको समाजले दलितहरुको हितमा बिभिन्न कार्यहरु गर्दै आएको समाजका सचिव दुर्गाबहादुर विकले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here