धनुषकोटीधाम पिकनिक खान गएका दुई समूहबीच ग्याङ फाइट

0
9

झापा ।

झापाको कनकाई नगरपालिका–२ धनुषकोटीधाम स्थित सुकेडाँगीमा पिकनिक खान गएका दुई समूहबीच ग्याङ फाइट भएको छ ।

ग्याङ फाइट हुँदा तीन जना घाइते भएका छन् । सोमबार बिर्तामोड र सुरुङ्गाका युवाहरू पिकनिक खान त्यहाँ गएका थिए । मादक पदार्थ सेवन गरी ती दुई समूहका युवाहरुबीच वादविवाद भई कुटाकुट भएको थियो ।

ग्याङ फाइटमा बिर्तामोड नगरपालिका–७ का २३ वर्षीय दीपक लिम्बू र सोही ठाउँका ३७ वर्षीय उमेश चौधरीको टाउकोमा, सोही ठाउँकै २३ वर्षीय प्रताप चौधरीको बायाँ आँखा माथि सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए । घाइते मध्ये उमेशको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ, भने दीपक र लिम्बूको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

घटना घटे लगतै इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीसहितको प्रहरी टोली घटनास्थल पुगेर त्यहाँबाट सबैलाई लखेटेर भगाएका थिए ।

घटनास्थलमा रहेका आधा दर्जन बढी मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । घटना मादक पदार्थ सेवन पश्चात् भएको प्रहरी निरीक्षक गिरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here