पत्रकारितासँगै सांगीतिक क्षेत्रमा सन्देश सुब्बा

0
10

युद्धबहादुर बोहोरा,
पाँचथर।

सन्देश सुब्बा निर्देशित याक्थुङ (लिम्बू) म्यूजिक भिडियो ‘केवालुङ’ सार्वजनिक भएको छ । सन्देश कै शब्द तथा फुङमा तुम्रोकको स्वर र संगीत रहेको भिडियो ‘बरदान प्रोडक्सन’ युट्युव च्यानल मार्फत् सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको भिडियोमा सागर केरुङ, दिपिका तुम्रोक र सिरु इङ्वा लगायतले अभिनय गरेका छन् । रोशा हाङसरुम्बा लिम्बू र सन्दिप तुम्रोकले निर्माण गरेको भिडियोलाई पाँचथरको विभिन्न रमणीय स्थानहरुमा छायाङ्कन गरिएको छ । भिडियोको छायाङ्कन तथा सम्पादन बरदान लिम्बू इङ्वाले गरेका हुन् भने श्रृङ्गार ज्योति बेघा लिम्बूको रहेको छ ।

त्रिकोणात्मक प्रेमकथा देखाइएको भिडियोमा प्रेम र विश्वासलाई कसैले कुल्चिन नहुने सन्देश रहेको निर्देशक सुब्बाले बताए । सेवा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतको एरेन्ज कृष्णभक्त राईको रहेको छ ।

साहित्य सिर्जनासँगै लामो समयदेखि पाँचथरमा पत्रकारिता गर्दै आएका सुब्बा ६० को दशकदेखि साहित्य र संगीतमा निरन्तर लाग्दै ‘आगोको सौन्दर्य (कविता संग्रह) २०७२’ र ‘सम्झनाको आँधी (गजल संग्रह) २०७८’ कृति प्रकाशन भइसकेका छन् ।

दोस्रो विश्वव्यापी खुला अनलाइन कविता प्रतियोगिता (सन् २०१५) प्रथम, पूर्वाञ्चल स्तरीय खुला कविता प्रतियोगिता (२०७२) द्वितीय भई पुरस्कृत भएका सुब्बा निरन्तर साहित्य सिर्जना गर्दै आएका छन् । हाल उनी (रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्र) धनकुटामा कार्यरत सुब्बाको यो पहिलो म्युजिक भिडियो हालै सार्वजनिक भएपछि शुभेच्छुकहरुले उनको बहुप्रतिभाको प्रशंसा गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here