बिर्तामोड महोत्सवमा प्रवेश शुल्क निःशुल्क

0
9

झापा।

बिर्तामोडमा जारी दोस्रो ‘आदिवासी जनजाति बिर्तामोड महोत्सव’मा प्रवेश शुल्क निःशुल्क गरिएको छ ।

विभन्न जातजातिको दैनिकजसो सांस्कृतिक कार्यक्रम आयोजना गरिँदै आएको र त्यसमा सहभागी दर्शकलाई सहजताका लागि प्रवेश शुल्क निःशुल्क गरिएको महोत्सव आयोजक समितिले जनाएको छ । विहानदेखि अपरान्ह ५ वजेसम्मका लागि प्रवेश शुल्क निःशुल्क गरिएको मेला सञ्चालक नारायण अधिकारीले जानकारी दिए ।

विशेष गरी रात्रिकालीन समयमा आयोजना गरिने सास्कृतिक कार्यक्रममा मात्रै टिकटको व्यवस्था गरिएको छ– उनले भने– दिँउसो हामी मेलामा आउने कसैसंग पनि प्रवेश शुल्क लिँदैनौं ।
महोत्सवमा विभिन्न जातजातिका सांस्कार संस्कृति झल्कने झाँकीहरु समेत प्रर्दशन गरिने र भेषभुषासहित आ– आफ्ना जातीय पहिचान झल्कने कार्यक्रम गरिने भएकाले समेत महोत्सवमा सहभागीबाट प्रवेश शुल्क नलिएको हो, अर्का मेला सञ्चालक सञ्जय महत्तोले बताए ।

विशेषगरी दिउँसो महोत्सवमा आउनेहरुले व्यापारिक स्टलहरुबाट विभिन्न खाले सामग्री समेत शुपथ मूल्यमा पाउने बताइएको छ । विभिन्न देशमा उत्पादित सामग्री महोत्सवमा रहेका स्टलहरुमा राखिएको र वजार मूल्यभन्दा महोत्सवमा शुपथ मूल्यमा बिक्री भइरहेको बताइएको छ ।

जातीय पहिचान झल्कने सामग्री समेत महोत्सवमा बिक्रीका लागि राखिएकाले त्यस्ता सामग्री महोत्सवमा सहभागीको ध्यान खिचेको मेलामा सहभागी बिर्तामोड १ निवासी चन्द्रकान्त ढकालले बताए ।

ढकाललाई स्थानीय एक महिलाले लिम्बू जातिले लगाउने पवित्र सिलाम साक्मा (मृत्युको बाटो छेक्ने प्रतिक) लगाइ दिएकी थिइन् । ‘सि’को अर्थ मृत्यु, ‘लाम’को अर्थ बाटो र ‘साक्मा’ अर्थ रोक्नु भन्ने लाग्छ । यसर्थ मृत्युको बाटो रोक्नेका रूपमा सिलाम साक्मालाई लिइन्छ ।

मेलामा सहभागीमध्ये विशिष्ठ व्यक्तिलाई यस प्रकारको प्रतिक लगाउँदै सम्मान गर्ने गरिएको छ । महोत्स परिसरमान आयोजना गरिने कार्यक्रममा अतिथिहरुलाई अचेल ब्याजको सट्टा आकर्षक ‘सिलाम साक्मा’ लगाइदिई स्वागत र सम्मान गरिन्छ । महोत्सव परिसरमा आएका अतिथिहरुलाई समेत आ–आफ्नो जातीय पहिचान झल्कने यस्तै प्रकारका सामग्रीद्वारा स्वागत गरिँदै आएको छ ।

सिलाम साक्मालाई जीवनको सुरक्षा कवजको रूपमा लिइन्छ । ‘पहिले अनुष्ठान गर्दा घरघरमा राखिन्थ्यो तर अहिले सार्वजनिक कार्यक्रममा अतिथिहरुलाई व्याजको सट्टा लगाइन थालेको महोत्सवमा सहभागी मध्येका अतिथि हिमालय प्रकाश कन्दङ्वाले बताए ।

महोत्सवमा ७१ स्टल रहेका छन् । त्यहाँ नगरका १७ वटा जातिको जातीय पहिचान झल्किने स्टलहरु निर्माण गरिएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here