देशभरका कोइला ब्यवसायी संगठित बन्दै, संयोजकमा अर्जुन

0
19

बिर्तामोड ।

देशभरका कोइला ब्यवसायीलाई संगठित गर्दै नेपाल कोइला ब्यवसायी संघ गठन गरिएको छ ।

पहिलो पटक कोइला ब्यवसायीलाई एकिकृत गर्दै संघको गठन प्रक्रिया शुरु गरिएको हो । झापाको बिर्तामोडमा विराटनगर, इटहरी तथा बिर्ताामोडका ब्यवसायीहरुको संयुक्त भेलाले ब्यवसायी अर्जुनकुमार चुडालको संयाोजकत्वमा तदर्थ समिति गठन गरिएको हो ।

बिर्तामोड निवासी चुडाल कोइला ब्यवसायसंगै, घरजग्गा ब्यवसायमा समेत आवद्ध रहेका छन् । सामाजिक सेवाका क्षेत्रमा समेत सक्रिय रहेका चुडालले देशभरका कोइला ब्यवसायीहरुलाई एकताबद्ध बनाउदैं अघि बढ्ने उद्धेश्यका साथ नेपाल कोइला ब्यवसायी संघ गठन गरिएको जानकारी दिए ।

आर्थिक मन्दिले कोइला ब्यवसायीहरु समेत प्रभावित भइरहेका बेला ब्यवसाय प्रवर्धन गर्दै सबै ब्यवसायीका समस्यालाई समाधान गर्नका लागि संघको आवश्यकता महशुस गरेर देशभर रहेका ब्यवसायीहरुलाई संगठित गर्ने अभियान शुरु गरेको बताइएको छ । तदर्थ समितिमा रजनीश करनानीलाई कोषध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ । त्यस्तै खगेन्द्र श्रेष्ठ, मनोहरप्रसाद अग्रवाल र ज्ञानेन्द्र पौडेल सदस्य रहेको पाँच सदस्य तर्दथ समिति गठन गरिएको बताइएको छ ।

तर्दथ समितिलाई बलियो बनाउदैं अघि बढ्नका लागि प्रति ब्यवसायी ११ हजार रुपैंया शुल्क लिएर संगठित गर्ने बताइएको छ । संयोजक र कोषध्यक्षको संयुक्त खाता खोलेर जम्मा गर्दै संघलाई चलायमान बनाउन उक्त रकम खर्च गरिने बताइएको छ ।

भारत लगायत तेस्रो मुलुकबाट आउने कोइलालाई एक रुपता दिने उद्धेश्यले व्यवसायी संगठित गरिएको संयोजक चुडालले जानकारी दिए । इँट्टा पकाउन तथा सिमेन्ट कारखाना लगायतका विभिन्न कारखानाहरुले कोइलाको प्रयोग गर्ने गरेका छन् । कोइलाले सिमेन्ट, इँटा, मल, स्टिल, स्पन्ज आइरनजस्ता गैरऊर्जा क्षेत्रका उद्योगहरूमा पनि योगदान पुर्‍याउदै आएको छ ।

कोइला ब्यवसायीहरुलाई जिल्ला जिल्लामा संगठित गर्दै देशभर नै संगठन गर्दै कोइलाा ब्यवसायीहरुको समहासंघ नै गठन गर्ने तयारी शुरु गरिएको हो । पूर्वी नाका कांकरभिट्टाबाट समेत वर्षेनी ठूलो मात्रामा कोइला भित्र्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here