भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि अर्जुनधारा–१ र ४ लाई

0
34

अर्जुनधारा ।

नेपाल तामाङ घेदुङ संघ अर्जुनधारा र ज्याङ्छुप छ्योङलिङ गुम्बा व्यवस्थापन समितिको संयुक्त आयोजनामा झापाको अर्जुनधारा–१ स्थित मदनपुरमा शुक्रबार सम्पन्न भएको भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि अर्जुनधारा–१ र ४को संयुक्त टिमले जितेको छ ।

स्थानीय मदनपुर सांस्कृतिक खेलमैदानमा भएको उक्त प्रतियोगिताको फाइनलमा अर्जुनधारा–२र३को संयुक्त टिमलाई ०–२ गोल अन्तरले पराजित गर्दै अर्जुनधारा–१र४को संयुक्त टिम विजयी भएको वडाध्यक्ष उपेन्द्र बस्नेतले जानकारी दिए ।

अर्जुनधारा–१ र ४ को जीतको लागि रमन लिम्बू र महेन्द्र लिम्बूले गोल गरेका थिए । प्रतियोगिताका विजेता र उपविजेता टिमलाई भोलि(शनिबार) गुम्बा परिसरमा आयोजना हुने वृहत सांगीतिक कार्यक्रममा नगद पुरस्कार क्रमश आठ हजार र चार हजारसहित शिल्ड प्रदान गरिने बताइएको छ ।

त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी अर्जुनधारा–२र३का ६१ वर्षीय कुमार सापकोटा र सर्वाधिक गोलकर्ता आयोजकका विक्रम गोले भएका छन् ।

सोनाम ल्होछार २८६०लाई लक्षित गरि आयोजना गरिएको उक्त प्रतियोगितामा आयोजकसहित अर्जुनधारा–१र४, अर्जुनधारा–२र३, जयपुर भेट्रान्स, सुखानी सामुदायिक वन उपभोक्ता समूह, पत्रकार–११, अर्जुनधारा नगर प्याब्सन र जनप्रतिनिधि+कर्मचारीको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here