बिर्तामोडका उत्कृष्ट १० जना शिक्षक सम्मानित

0
8

बिर्तामोड ।

बिर्तामोडका विभिन्न विद्यालयमा अध्यापन गराउने उत्कृष्ट १० जना शिक्षक सम्मानित भएका छन् । नेपाल शिक्षक संघ बिर्तामोडको छैटौं प्रतिनिधि सभामा उत्कृष्ट शिक्षक सम्मानित भएका हुन् ।

सम्मानित हुने शिक्षकमा महेन्द्र रत्न माध्यमिक विद्यालयका सुजता आचार्य र उमाकुमारी राजवंशी ,वीर अमरसिंह माविका सोमनाथ तामाङ,मोहनमाया माविका राधादेवी ओली र कमला न्यौपाने ,सरस्वती मावि बुट्टावारीका सुशिला थपलिया,महेन्द्रज्योति माविका राजन प्रसाईं,पञ्चरत्न माविका मिना राजवंशी ,देवकोटा आधारभूत विद्यालयका गणेश सिटौला र लक्ष्मी आधारभूत विद्यालय विरानका हरिप्रसाद सुवेदी रहेका छन् ।

कार्यक्रममा स्थायी नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षकद्वय मिरा थपलिया र पदमा पाण्डेलाई टिकाप्रसाद देवकादेवी स्मृति पुरस्कारबाट नगद रु २ हजार ५०० सहित सम्मान गरिएको थियो। त्यस्तै यस वर्ष शिक्षण पेशाबाट अवकाश हुने धनबहादुर पोख्रेल र हरिबहादुर बस्नेतलाई दीर्घसेवा सम्मानसहित विदाई गरिएको थियो ।

महेन्द्रज्योति माविका नवनियुक्त प्रधानाध्यापक जयकुमार झा र शुक्रराज आविका सोमादेवेर दुलाललाई बधाई तथा शुभकामना दिइएको कार्यक्रममा यसै बर्ष सरुवा र नवनियुक्त १० जना शिक्षकहरूलाई स्वागत सम्मान गरिएको थियो ।

महेन्द्ररत्न माविमा नेपाल शिक्षक संघ बिर्तामोडका सभापति जयकुमार प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य तथा जिल्ला कोषाध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गुरुङ, कांग्रेस नगर सभापति भोजराज सिटौला, पूर्व वडाध्यक्ष कुलप्रसाद संग्रौला, शिक्षा शाखाका प्रतिनिधि दिनेश आचार्य, शिक्षक महासंघ बिर्तामोडका अध्यक्ष युवराज कट्टेललगायतले शुभकामना मन्तव्य राखेका थिए । सरस्वती दाहालले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन सचिव युवराज ढकालले गरेका थिए ।

कार्यक्रममा नेपाल शिक्षक संघका निवर्तमान सभापति नेत्रप्रसाद खरेल,वडाध्यक्षहरु सूर्यप्रसाद कन्दङ्वा,दुर्योधन गुरुङ,रोहित प्रसाईं, नेपाल शिक्षक संघ झापाका उपाध्यक्ष धनकुमारी खरेल, महेन्द्ररत्न माविका प्रधानाध्यापक खड्गप्रसाद खरेल, पूर्व वडाध्यक्ष कुलप्रसाद संग्रौला ,नेपाल शिक्षक संघकी कृष्णमाया रिजाल,कोशी प्रदेश सदस्य भरत भट्टराई ,नेशिसंघ जिल्ला उपाध्यक्ष लत्ता खरेल,जिल्ला सहसचिव त्रय युवराज कट्टेल,रिता निरौला ,मनकुमार योङ्गहाङ्ग,विज्ञान समाज झापाका अध्यक्ष लिलाप्रसाद भण्डारी,कोशी प्रदेश पुर्व सदस्य विरेन्द्र रिजाल,प्रधानाध्यापकहरु जयकुमार झा,देवी पोख्रेल ,गुरुराज घिमिरे लगायतकोे आतिथ्यता रहेको थियो ।

उक्त अवसरमा अध्यक्ष प्रसाईले नेपाल शिक्षक संघ बिर्तामोडले एक वर्षभित्रमा सम्पादन गरेका कार्यहरु साथै आगामी दिनमा गर्नुपर्ने कार्यक्रमहरुको विवरण प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here