सँगसँगै प्रश्नैप्रश्नभित्र जाँदा

२० माघ २०८०, शनिबार मा प्रकाशित

सँगसँगै प्रश्नैप्रश्न सम्युक्त संग्रह वरिष्ठ कवि, गजलकार एवम् मुक्तककार वियोगी बुढाथोकीको २०७८ सालमा प्रकाशित कृति हो । शब्दार्थ प्रकाशन काठमाडौँबाट प्रकाशित उक्त कृतिमा अभिव्यक्ति, कल्पतरू, गरिमा, जनमत, दायित्व, नवप्रज्ञापन, रचना, शाल्मलि, शिवपुरी सन्देश समकालीन साहित्य र हरेक पल डट कम जस्ता विभिन्न छापा तथा अनलाइन पत्र–पत्रिकाहरूमा प्रकाशित कविता, गजल, मुक्तक र गीतहरू समावेश छन् । यस कृतिमा कविता, गीत, गजल र मुक्तक गरी चार खण्ड रहेका छन् । पहिलो खण्ड कविता खण्डमा २४ वटा कविता पेज ९ देखि ४९ रहेका छन् । दोस्रो खण्ड गजल यस खण्डमा ३८ वटा गजलहरू पेज ५१ देखि ७० सम्म रहेका छन् भने तेस्रो खण्ड गीत खण्ड पेज ७१ मा दुईटा गीत रहेका छन् ।

त्यसैगरी अन्तिम तथा चौथो खण्ड पेज ७४ देखि ९१ सम्ममा ८७ वटा मुक्तक रहेका छन् । २०११ सालमा जन्मेका कवि, गजलकार तथा मुक्तकार वियोगी बुढाथोकी नेपाली साहित्यको क्षेत्रमा एक सशक्त हस्ताक्षर हुन् । लामो समयसम्म निरन्तर साहित्य साधनामा लागिरहेका बुढाथोकीका समयलाई सञ्चो छैन २०४२ काठमाडौँ धाइरहेछु २०४९ छुटेका यादहरू २०५३ फर्किएँ २०७१ र सँगसँगै प्रश्नैप्रश्न २०७८ आदि कविता सङ्ग्रह प्रकाशित छन् भने म अर्थात् ्गोपालहरू काव्य २०६४ आफन्तका चोटहरू २०५२ गजल तिम्र्रो नाम होइन २०६३ र फूलका कुरा र प्र्र्र्रतिनिधि गजलहरू २०६८ आदि गजल सङ्ग्रहहरू रहेका छन् ।

वियोगीका वियोगहरू २०६८ झिल्का लिएर साँझमा २०७२ र मुक्तक मल्लिका २०७५ आदि मुक्तक संग्रहहरू रहेका छन् । त्यति मात्र होइन उनका किरिङमिरिङ सडकमा अलपत्र २०७२ बेलग्रेभको छुटेको रेल २०७६ र शनैःशनैः यात्रामा २०७८ आदि नियात्रा सङ्गहहरू समेत प्रकाशित रहेका छन् । विभिन्न पुरस्कार, कविता महोत्सव, शिक्षा पुरस्कार, राष्ट्रीय प्रतिभा पुरस्कार, प्रेस काउन्सिल नेपाल साहित्यिक पत्रकारिता पुरस्कार, अन्तर्राष्टिय नेपाली साहित्य समाजबाट सर्वोत्कृष्ट पुस्तक पुरस्कार लगायत २५ भन्दा बढी सम्मान र पुरस्कारबाट सम्मानित उनी नेपाल प्र्र्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवम् नेपाली लेखक संघ पूर्व महासचिव हुँदै उपाध्यक्ष समेत भइसकेका छन् । यस सँगसँगै प्रश्नैप्रश्न उनको छैटौँ काव्य कृति एवम् १४औं कृति हो ।

कवि, गजलकार, गीत एवम् मुक्तककार वियोगी बुढाथोकीको यस कृतिमा संग्रहित सम्पूर्ण कविता, गजल, गीत एवम् मुक्तकहरूको साङ्गोपाङ्ग अध्ययन र विस्तृत समीक्षा यो छोटो लेखमा सम्भव छैन । नभए पनि यस कृतिमा रहेका केही रचनाहरूको सक्षिप्त रूपमा चर्चा गर्ने प्रयास गरिएको छ । पानी यस कवितामा पानीको उपयोगिता यसले गर्ने फाइदा मानवका लागि अत्यावश्यक वस्तु भएर पनि यसले गर्ने हानी–नोक्सानी गुन–बैगुनको मिहिनरूपमा चित्रण गरिएको छ । मूलतः अस्सीको दशकमा देखिएको कविताको लेखनको लहर यसअघि नै सत्तरीको अन्त्यतिरै यस कविताले छनक दिएको देखिन्छ । अतिथि यस कवितामा कविले पाहुनाको माध्यामबाट राजनीतिक व्यवस्थाप्रति सचेतना फैलाउन खोजेका छन् । उत्तम लोकतान्त्रिक व्यवस्था माथि भए गरेका र हुन सक्ने सम्भाव्य खतराप्रति सङ्केत गरेका छन् । आवाज १ यस कवितामा पनि कविले राजनीतिक चेतना नै प्रस्तुत गरेका छन् ।

समय बलवान् भएको र समयलाई कसैले उछिन्न नसक्ने र यसलाई आफ्नो वसमा पनि राख्न नसक्ने कुरा उल्लेख भएको छ । हिँडीरहुँ यस कवितमा युग पुरुष अझ भनां जन नायक वीपी कोइरालाको व्यक्तित्व उनको राजनीतिक विचार दर्शन र प्रजातान्त्रिक विचार धाराको व्याख्या गरिएको छ । यस कवितामा उनमा भएको देशभक्ति, प्रजातान्त्रिक व्यवस्थाको मार्ग दर्शक सबै वर्गलाई रिझाउन सक्ने क्षमता र आफ्नो खराब स्वास्थ्य अवस्थाका बाबजुत पनि देश र जनताप्रति सदैव समर्पित भावनाको उल्लेख गरिएको छ । म गोपाल अर्थात् गोपालहरू यस कवितामा कवि बुढाथोकीले राजनीतिक विचलनतर्फ संकेत गरेका छन् । पार्टीका नेताहरूले मुखले एउटा कुरा गर्ने र व्यवहारमा त्यसको ठिक विपरीत गर्ने तात्कालीक समयको कटु यथार्थ कवितामा प्रस्तुत गरेका छन् ।

कोरोना त्रास र त्यसले ल्याएको राष्ट्रीय समस्या जन स्वास्थ्यमा परेको आघात उल्लेख छ । त्यस्तै त्यसमा उपचारमा भएका प्राविधिक अभाव पार्टीका नेताहरूले गरेको विश्वास घात आदि उल्लेख छ । पार्टीभित्र भएको नेताहरूको बेमेल खुट्टा तानातान र एकअर्का माथि दोष थुपार्ने प्रवृत्तिलाई प्रस्तुत गरेका छन् । पार्टी–पार्टीबीचको वेमेल नाकाबन्दीदेखि लिएर संसद विघटनसम्मका राजनीतिक घटना–परिघटना प्रस्तुत गरेका छन् । राजतन्त्रदेखि गणतन्त्र हुँदै एमसीसीका समेत कुराहरूलाई प्रस्तुत गरिएको छ । यो राजनीतिक दलप्रति कटु आलोचना गरिएको कविता हो । जसले देशमा राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक आदि विविध क्षेत्रमा देखा परेका विसङ्गति, विकृति र विद्रुपात्मकता यसका उपज भएको कुरातर्फ संकेत गरिएको छ । यस खण्डमा विभिन्न कवि, लेखक, समीक्षक तथा पत्रकारहरूले कवि बुढाथोकीका कविता माथि सटिक टिप्पणी गरेका छन् । तिनको नाम उल्लेख गर्नु यहाँ समिचिन नै होला ।

यसरी टिप्पणी गर्नेहरूमा वरिष्ठ समालोचक कृष्ण गौतम– कवितामा आफ्नो भनाइ तिव्रताका साथ राख्ने सामथ्र्य वियोगीमा छ । वरिष्ठ समालोचक डा. तुलसीप्रसाद भट्टराई– मुक्तक र गजलमा समान ढङ्गबाट कलमा चलाउने बुढाथोकीको नेपाली काव्य कविता जगतभित्र एउटा ठूलो योगदान छ । वरिष्ठ समालोचक डा. हरिप्रसाद शर्मा–वियोगीका कविताले न्यूनतम विषय सन्तुलन, भाव सङ्गठन, विचार समन्वय र शैलीको सीपलाई समाहित गरेका छन् । आख्यानकार कृष्ण धराबासी– सचेत र परिवर्तनकामी सोचले भरिएका कवि वियोगीका कविताले नयाँ युगको आव्हान गर्छन् ।

कवि महेश प्रसाई– कवितामा जस्तै जीवनसित पनि शिष्टाचार निर्वाह गर्न जान्ने वियोगीलाई आधुनिक नेपाली कविताको सिरानमा राख्नुपर्ने हुन्छ । समीक्षक कुमार यात्रु– विश्वको रहस्यमय, दुरुह र द्वविधाग्रस्त सन्सारमा विचरण गर्नु उनको लेखकीय महत्ता हो । समीक्षक राजकुमार बानीयाँ– कविता लेख्न उनका लागि काठमाडौँ चिसो एस्ट्रे हो र जेब्राक्रस पनि । कवि प्रोल्लास सिन्धुलीय– भिडको मान्छे भिडमै हराउँछ यो स्वभाविकै हो । वियोगी तिनै हराएका मध्येका एकपात्र । पत्रकार केशवराज पाठक– नेपाली साहित्यमा गजल, मुक्तक, कविता तथा नियात्रा निबन्ध लेखनको क्षेत्रमा वियोगी बुढाथोकीले सरल एवम् शालीन कलम चलाएका छन् ।

यसरी हेर्दा पनि कवि, गजलकार, मुक्तककार तथा नियात्राकार वियोगी बुढाथोकीको लेखनको उचाइ थाहा लाग्छ । एउटा लेखक निरन्तर लेख्छ भने ऊ केका लागि लेख्छ । आफ्नो उचाइ उसले थाहै नपाइ उसको लेखनले नै बढाइरहेको हुन्छ । यसरी आफ्नो उचाइको रेखा कोर्न सफल सर्जक मध्येका एक हुन् वियोगी बुढाथोकी । लेखनमा मानवीय जीवनका आरोह, अवरोह, माया, प्रेम, जीवनका उत्तारचढाव, संयोग, वियोग, सामाजिक, धार्मिक, आर्थिक, सांस्कृतिक, शैक्षिक, राजनीतिक विसङ्गति र विकृति आदिलाई विषय वस्तु बनाएर लेख्नु उनको विशेषता रहेको देखिन्छ । उनका गजल र मुक्तकमा पनि यिनै विषय वस्तु सक्रियरूपमा आएको पाइन्छ । गजलमा पनि केही लेखक तथा गजलकारहरूले आ–आफ्ना तरिकाले टिप्पणी गरेका छन् । टिप्पणीकारहरूमा पुस्कर लोहनी, ज्ञानुवाकर पौडेल, कवि वैरागी काइँला, समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, समालोचक डा. नारायण चालिसे, समालोचक कृष्ण प्रधान, समालोचक डा. श्यामप्रसाद न्यौपानेका टिप्पणी रहेका छन् ।

उक्त प्रकारले सरसर्ती हेर्दा कवि, गजलकार, मुक्तककार, गीत तथा नियात्राकार वियोगी बुढाथोकी नेपाली साहित्य जगतमा एक विशिष्ट सर्जकका रूपमा स्थापित भइसकेका व्यक्तित्व हुन् । उनको सम्पादक व्यक्तित्व छुट्टै छ । यसरी साहित्यका विविध विधामा निरन्तर कलम चलाएर आफ्नो लेखन व्यक्तित्वलाई सदावहार बनाई राख्न सक्नु ठूलो कुरा हो । यतिका विधि कृतिहरू दिएर नेपाली साहित्यको श्रीवृद्धिमा सदैव लागिरहनु सित्तिमिति कुरा होइन । नयाँ, पुराना सबैखाले लेखकसँग उस्तै रफ््तारमा सँगसँगै यात्रा गर्नु उनको खुबी पनि हो । आकारका दृष्टिले यो कृति सानो भए पनि यस कृतिमा सङ्ग्रहित कविता, गजल, मुक्तक तथा गीतहरू उत्तिकै चोटिला, मर्मस्पर्सी र समयबोध गराउने यथार्थ परक रहेका छन् । नेपाली साहित्यको श्रीवृद्धि गर्नमा उनको यो कृति सफल पनि छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here